सल्यान श्रीनगरमा बृहत सल्यान महोत्सवको उद्घाटन

२६ पौष २०८०/ सल्यान

सल्यानमा बृहत सल्यान महोत्सव २०८० सुरु भएको छ ।

बिहिवार देखि सल्यानको श्रीनगरमा सुरु भएको महोत्सवको उद्घाटन गर्दै शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले आर्थिक चलाएमानको मुख्य आधार महोत्सव भएको बताउँनु भएको छ । आर्थिक अवस्था कम्जोर भएका नागरिकहरूलाई समेत महोत्सवले सहजता थपिदिने बताउनु भएको हो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भण्डारीले सवै क्षेत्रका मान्छेहरुले आर्थिक लाभलिनको लागि व्यापारीक तथा साँस्कृतिक महोत्सव प्रभावकारी हुने बताउनु भएको छ ।उहाँले शारदा नगरपालिका सल्यानले नगरवासीका कामलाई प्रभावकारी ढंगले छिटोछरितो गर्न सधै तत्पर रहेको भन्दै तत्कालै श्रीनगर बसपार्क निर्माण कार्यको थालनी गरिने बताउनु भएको छ ।उक्त क्षेत्रमा आधुनिक बसपार्क निर्माण संगै जिल्ला बासीको आर्थिक स्रोत वृद्धि हुने बताउनु भएको हो ।

यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कर्णाली प्रदेश अध्यक्ष हरिमाया कार्कीले,सल्यानको प्रतिष्ठानले महोत्सव संचालन गरेर नमुना काम गरेको बताउँनु भएको छ ।कर्णाली प्रदेशका ९ जिल्लामामा लोकदोहरी प्रतिष्ठान गठन भएको र प्रतिष्ठानले प्रत्येक जिल्लाका मौलिक कला साँस्कृतिक जगेर्ना गर्न लागि परेको बताउदै महोत्सव सफलताको शुभकामना दिनु भएको थियो ।कार्यक्रममा शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटा,राष्ट्रिय भुमी आयोग सल्यानका अध्यक्ष बिरबहादुर सेजवाल लगाएत दर्जन बढी अतिथिहरुको सहभागीता रहेको थियो ।


राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सल्यानको आयोजना ,शारदा नगरपालिका सल्यान संरक्षक,राष्ट्रिय संगीत कर्मी संघ जिल्ला शाखा सल्यानको समन्वय र नयाँ सोच युवा क्लब शारदा नगरपालिका ६ सल्यान सह आयोजक रहेको,कार्यक्रममा विभिन्न मौलिक संस्कृती झल्किने झाकीहरु प्रदर्सन गरिएको थियो ।

राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान सल्यानका अध्यक्ष प्रेमनारायण विकको अध्यक्षता,प्रतिष्ठानका संयोजक मानबहादुर केसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सचीव नोखिराम थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस