२३ पौष २०८०/ सल्यान
जिल्ला प्रशासन कार्यालय सल्यानमा पत्रकार संग परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार भएको कार्यक्रममा बोल्दै हालै मात्रै सल्यान आउनु भएका प्रमुख जिल्ला अधिकारी शम्भु प्रशाद रेग्मीले, पत्रकार समाजको ऐना भएको बताउनु भएको छ ।
उहाँले आवाज विहिन नागरिकको आवाज पत्रकारले बोल्नुका साथै राम्रा कामको प्रचारप्रसार र कमी कमजोरी भए खबरदारी गर्ने र समाजमा सन्देश प्रवाह गर्ने काम पनि पत्रकार मार्फत भैरहेको बताउदै, पत्रकारमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह हुने गरेको बताउनुभयो ।
प्रजिअ रेग्मीले पत्रकारलाई जिल्लाको सबै बस्तुस्थितीका बारेमा थाहा हुने र आफुले पत्रकारसँगै सहकार्य र समन्वय गरेर काम गर्ने बताउनु भयको छ । उहाँले कर्मचारी अभावमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय थारमारेको सेवा प्रवाहमा कठिनाइ भैरहेकाले दरबन्दी अनुसारकै कर्मचारी पुर्तिका लागि गृह मन्त्रालयसँग माग गरिएको बताउँनु भयो ।
पत्रकारसँगको परिचयात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्का, प्रमुख अनुसन्धान अधिकृत सन्जीव कुमार चौधरी, नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, उपाध्यक्ष सरिता चलाउने, सहसचिव बुद्धि पुन लगाएत विभिन्न मिडियामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।