सल्यान महोत्सव बारे केही दिन यता उत्पन्न विवाद समाधान, पौष २६ गते उद्घाटन हुने ।

२३ पौष सल्यान

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान सल्यानले यहि पौष २६ गते देखि संचालन गर्न लागेको बृहत् सल्यान महोत्सवको बिबाद टुंगिएको छ ।

सोमवार शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीको संयोजकत्वमा भएको वार्ताले महोत्सव संचालनका बिसयमा केही दिन यता उत्पन्न विवाद समाधान गरेको हो ।

जिल्लाका ब्यापारीहरुलाइ सम्बोधन हुने गरि कुल स्टल संख्याको ४० प्रतिशत स्टलमा प्रती स्टलमा ८० प्रतिशत छुट दिन सल्यान उद्योग वाणिज्य संघ र श्रीनगर बजार ब्यबस्थापन समिति संग आयोजक सहमत भएको छ ।

 

सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकी लगायत पदाधिकारी, श्रीनगर बजार ब्यबस्थापन समितीका अध्यक्ष हपिस भण्डारी र मेला आयोजक संस्थाका अध्यक्ष प्रेम नारायण बिक विच भएको बार्तामा शारदा नगरपालिकाका उप प्रमुख सुस्मिता सापकोटा, जिल्ला प्रहरी प्रमुख नवीन कार्की, सशस्त्र प्रहरीका प्रतिनिधि,राष्ट्रिय अनुसन्धान प्रमुख संजीव चौधरी,निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल,१ नम्बर र १२ नम्बर वडा अध्यक्षहरु प्रदिप पाण्डे, सुरेन्द्र बुढा,योजना अधिकृत केशब बुढाथोकी, उपस्तिथि रहेको थियो ।

बार्ताको सहजीकरण प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मी गर्नुभएको थियो ।

 

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको आयोजनामा यही पौष २६ उद्घाटन गरि  माघ ७ गते सम्म सल्यानको श्रीनगरमा बृहत सल्यान महोत्सव संचालन हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस