सल्यानमा समुदाय प्रहरी नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

२२ पौष २०८०/ सल्यान 

सल्यानको छत्रेश्वरी गाउँपालिकामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार भोटेचौर स्थित गाउँपालिकाको सभाहलमा सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको अध्यक्षता तथा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री र गाउँपालिका प्रथम अध्यक्ष सन्तोष केसीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नवीन कार्कीले प्रहरी सेवा तथा नागरिक सुनुवाई कार्यक्रमको बारे अवगत गराउनुभएको थियो ।

कार्यक्रमका वक्ताहरुले सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्नका लागि नेपाल प्रहरी, स्थानीय तह र समूदायका विचमा प्रभावकारी साझेदारी हुनुपर्नेमा जोड दिदै समुदायकै अगुवाईमा समाजलाई शान्त र सुरक्षित बनाउनुपर्ने बताउनु भयो ।

नागरिक सुनुवाईमा छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत, वडा नम्बर ३ का वडा अध्यक्ष तिर्थराज दाहाल, ६ का वडा अध्यक्ष टिकाराम बुढा, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष शंकर केसी, उपाध्यक्ष सरिता चलाउने, सहसचिव बुद्धि पुन, लगाएत विभिन्न राजनितीक दलका प्रतिनिधी, नागरिक समूहका प्रतिनिधीहरुले प्रहरी सेवालाई भरपर्दाे र विश्वाशिलो बनाउन विभिन्न सुझाव दिनुभएको थियो ।

सल्यानका प्रमुख अनुसन्धान अधिकृत सन्जीव कुमार चौधरी, छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, जनप्रतिनिधी, कर्मचारी, विद्यालयका प्रतिनिधी, क्लव, संघसंस्था, निर्माण व्यवसायी, यातायात व्यवसायी, वन समूह, महिला समूह तथा समाजसेवि लगाएतको पनि कार्यक्रममा सहभागिता थियो । कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय लुहामका प्रमुख रेशम पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस