सल्यान जेसिज बर्ष २०२४ को अध्यक्षमा असोक कुमार बोहरा निर्वाचित

२० पौष २०८० / सल्यान

सल्यान जेसिज बर्ष २०२४ को अध्यक्षमा अशोक कुमार बोहरा सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

बिहिवार सल्यानको श्रीनगरमा सम्पन्न बार्षिक साधारणसभा तथा अधिवेशनले बोहराको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको हो ।

बर्ष २०२३ का अध्यक्ष जेसी डम्बर केसीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभा तथा अधिवेशन बाट कार्यकारी उपाध्यक्षमा जेसी गणेश बिश्वकर्मा, कार्यकारी उपाध्यक्षमा जेसी रबिन थापा, उपाध्यक्षमा जेसी मोहन शर्मा, जेसी मोहन डाँगी, जेसी बुलन्द बाबु सेजवाल र जेसी मेघ बहादुर चलाउने लाई निर्वाचित गरिएको हो ।

नयाँ कार्यसमितीको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम यही पौष २७ गते हुने भएको छ । सोही अवसरमा महासचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकार, शाखा सम्पादक, तालिम निर्देशक र जनसम्पर्क अधिकारी निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ ।
कार्यक्रमको सहजीकरण महासचिव जेसी सुशील उपाध्यायले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस