शारदा नगरपालिका द्वारा संचालित छैटौं रनिङ शिल्डको उपाधी शिवजन मावि लाई

२० पौष २०८० / सल्यान

शारदा नगरपालिका स्तरिय छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता
सम्पन्न भएको छ । मंलबार देखि सुरु भएको प्रतियोगिता बिहिबार सम्पन भएको हो ।

प्रतियोगितामा शारदा १ स्थित शिवजन मावि प्रथम भएको छ । १७ स्वर्ण, १५ रजत र ८ कास्य सहित शिवजन मावि प्रथम हुन सफल भएको हो ।
प्रतियोगितामा शारदा २ स्थित त्रिजमावि लुहापिङ ११ स्वर्ण, ९ रजत र १० कास्य सहित दोस्रो भएको छ । त्यस्तै शारदा ४ स्थित मेहन्द्र रत्न मावि पिपलनेटा ८ स्वर्ण, ६ रजत र ५ कास्य सहित तेस्रो भएको छ । प्रतियोगितामा ६ स्वर्ण, ५ रजत र १ कास्य सहित शारदा १२ स्थित शिव मावि मुलडाँडा सान्न्वना भएको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने विद्यालयलाई क्रमश २५ हजार, २० हजार, १५ हजार र ६ हजार नगद, प्रमाणपत्र,ट्रफि प्रदान गरिएको थियो ।
प्रतियोगितामा विभिन्न विदामा स्थान हासिल गर्ने खेलाडीलाई मेडल, प्रमण पत्र प्रदान गरिएको थियो । प्रतियोगितालाई सफल बनाउन भूमिका खेलेका सहभागी विद्यालय, उत्कृष्ठ खेलाडी र रेफ्रिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
शारदा नगरपालिका स्तरिय छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा त्रिजमावि लुहापिङ आयोजक विद्यालयको रुपमा रहेको थियो ।
प्रतियोगितामा भलिवल तर्फ छात्र छात्रा, कवड्डी तर्फ छात्र, छात्रा, एथ्लेटिकस तर्फ छात्र,छात्रा र मार्सल आर्ट अन्तरर्गत कराते र तेक्वान्दो खेलमा १५ वटा सामुदायिक र संस्थागत विद्यालयका छात्र, छात्रा सहभागी रहेका थिए ।

प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको प्रमुख आथित्य तथा शारदा नगरपालिकाका उप प्रमुख सुस्मिता सापकोटाको अध्यक्षतामा पुरस्कार वितरण तथा समापन भएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख नविन कार्की, शसस्त्र प्रहरी नायव निरिक्षक सुशिल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख सन्जिव चौधरी, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु,खेलकुद संग सम्बन्धि संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,खेल प्रशिक्षक, विद्यालयका प्रधानाध्यापक, पत्रकार, सुरक्षाकर्मी, शिक्षक, खेलाडी, विद्यार्थीहरु र स्थानीय तथा खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।
शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालको स्वागत मन्तव्य रहेको समापन कार्यक्रममा वडाअध्यक्षहरुको तर्फबाट वडा नम्बर १५ का वडाअध्यक्ष लोकमान बुढाथोकी, प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी ले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस