इजरायल आक्रमणमा ज्यान गुमाएका प्रवेशका परिवारलाई विमा दावि भुक्तानीको चेक हस्तान्तरण

१८ पौष सल्यान

इजरायल आक्रमणमा परि ज्यान गुमाएका सल्यान शारदा नगरपालिका ३ निवासी प्रवेश भण्डारीको परिवारलाई विमा दावी भुक्तानीको चेक हस्तान्तरण गरिएको छ ।
बुधबार शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले २१ लाख ८७ हजार २ सय ८ रुपैयाको चेक मृतकका परिवारलाई हस्तान्तरण गर्नुभयो ।
प्रभुमहालक्ष्मी लाइफ इन्स्यौरेन्स कम्पनि सल्यान शाखाले उक्त चेक विमित रहेका मृतक भण्डारीको घरमा पुगेर परिवारलाई दावी भुक्तानी गरेको हो ।
दावी भुक्तानी कार्यक्रममा बोल्दै मेयर भण्डारीले विमा दावी भुक्तानी गरेकोमा कम्पनिलाई धन्यवाद दिदै, उक्त रकमले परिवारको एक मात्र सहारा रहेका प्रवे्श भण्डारीको परिवारलाई केही राहत मिल्ने बताउनु भयो । उहाँले मृतक भण्डारी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवार प्रति समवेदना प्रकट गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै कम्पनिका लुम्विनी प्रदेश डिआरएम तथा राप्तीका इन्चार्ज कृष्ण प्रसाद पोखरेलले प्रवेश भण्डारी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनिको नियमनुसारको रकम प्रदान गरिएको बताउनु भयो । जिवनको मुल्य यो रकम नभए पनि एसले परिवारलाई थोरै भएपनि राहत मिल्ने विश्वास लिएको बताउनु भयो ।
आफ्नो सुरक्षा र परिवारका लागि भए पनि जिवन विमा सबैले गर्नुपर्ने उहाँले बताउनु भयो ।

प्रभुमहालक्ष्मी लाइफ इन्स्यौरेन्स कम्पनिका सल्यान शाखा प्रबन्धक मोहनलाल बुढाथोकीको अध्यक्षतामा भएको दावि भुक्तानी कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, वडा नम्बर ३ र ४ का वडा अध्यक्षहरु तुल्सा भण्डारी र किशोर कुमार हमाल, कार्यपालिका सदस्य पुप्पा नेपाली, कम्पनिका लुम्विनी प्रदेशका डिआरएम तथा राप्तीका इन्चार्ज कृष्ण प्रसाद पोख्रेल, सल्यान शाखाका सह प्रबन्धक विन्दु चलाउने लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

कम्पनिले विमित भण्डारीको ५ लाख विमांक रहेको जीवन सुरक्षा विमामा २ हजार ६ सय ५५ रुपैया बुझाएकोमा १० लाख र
६ लाख विमांक रहेको सर्वश्रेष्ठ आजिवन विमामा बोनस सहित पाउनु पर्ने १२ लाख ९८ हजार ४ सय रुपैया मध्ये कर्जाको १ लाख ११ हजार १ सय ९२ रुपैया कटाएर बाँकी हुन आउने दुइ वटै विमाबाट २१ लाख ८७ हजार २ सय ८ रुपैया कम्पनिले मृतकका बुवा चक्र बहादुर भण्डारीको नाम चेक उपलब्ध गराएको हो ।

प्रतिक्रिया दिनुहोस