१७ पौष २०७०/ सल्यान
नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) सल्यानले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समिक्षा तथा समापन गरेको छ ।
यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र सल्यानका जिल्ला
इन्चार्ज नरेश भण्डारीले लाल झण्डा र लाल चावी जिल्ला पार्टी लाई हस्तान्तरण गर्दै शहिदको रगतले निर्मित हसिया हतौडा अंकित झण्डा कहिले पनि झुक्न नदिन र पार्टीको चावी कहिले पनि हराउन नदिन निर्देशन दिनु भएको छ ।उहाँले शहिदको रगतले ल्यायको व्यवस्थामै हराउने खतरा देखिएकाले,अब पार्टी निर्माणको अभियानमा लाग्न सवैलाई आग्रह गर्नु भयो । पार्टीका केन्द्रिय सदस्य तथा सरकारका पुर्व मन्त्री समेत रहनु भएका भण्डारीले पार्टी लाई कम्जोर बनाउने सवै भन्दा ठूलो रोग पार्टी भित्रको आन्तरिक गुड भएकाले अब गुड नवनाउन समेत अनुरोध गर्नु भयो ।सहिद कुनै पनि गुडमा छैनन् उनिहरुका सपना अपुरै र अधुरै छोड्न नहुने बताउनु भयो ।उहाँले सल्यानी जनता इमानदार भएको घोषणा गर्दै फेरि पनि पार्टीले जिम्मेवारी दिय जस्तोसुकै अवस्था पनि सल्यानमा आयर यहाँको समृद्धिको लागि लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा अभियान विशेषांक पार्टीको मुखपत्र सल्यान संकल्पको बिमोचन,जिल्ला अभियान टोलीका सदस्यहरुलाई सम्मान, अभियानमा सक्रिय र उत्कृष्ट कार्य सम्पादन गर्नेहरुलाई सम्मान ।
जिल्ला इन्चार्जलगायतका अभियान्तालाई सम्मान,
समसामयिक प्रस्ताब र कुपिण्डे घोषणापत्र सार्वजनिक गरिएको थियो ।
पार्टीका जिल्ला इन्चार्ज नरेश भण्डारीको अध्यक्षता,केन्द्रिय सदस्य कर्ण बहादुर बुढाथोकी ( छहारीको ) स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन जिल्ला संयोजक कृति बहादुर पुन ( प्रकाण्ड) ले गर्नु भएको थियो।