१७ पौष २०८०/ सल्यान
सल्यानको शारदा नगरपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
मंगलबार रनिङ शिल्डको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले सल्यान जिल्ला खेलमात्रै नभएर अन्य क्षेत्रको लागि पनि सम्भावना बोकेको जिल्ला भएको बताउनु भएको छ ।उहाँले शिक्षासँगै खेलकुदको बिकास अपरिहार्य रहेको बताउनुभएको हो । राज्यले पनि शिक्षासँगै खेलकूद क्षेत्रमा लगानी बढाउदै गएकाले शिक्षा र खेलक्षेत्रको विकास सँगसँगै हुनुपर्ने उहाँले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सिंहले सल्यान जिल्ला खेलक्षेत्रको लागि राम्रो सम्भावना बोकेको जिल्ला भएको र राज्यले नै खेलक्षेत्रमा विकासका अन्य पुर्वाधार संगै लगानी गरेको बताउनु भयो ।उहाँले शारदा नगरपालिका सल्यान जिल्लाको सदरमुकामको पालिका रहेको र नगरप्रमुख प्रकाश भण्डारीले जिल्ला स्तरिय रंगशालाको आवश्यकता रहेको कुरा आफु संग राखेकाले रंगशाला निर्माणको लागि आफ्नो भूमीका रहने बताउनु भयो ।उहाँले नगरपालिकाले खेलकुद प्रवर्द्धन गरेको कामको प्रशंसा गर्दै नगरको समग्र विकासका लागि आवश्यक सहयोग गर्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य लक्ष्मी सुनारले खेलकुद प्रतियोगिताको महत्त्वपूर्ण खेलाडी र खेलप्रेमी जनताको लागि छुट्टै प्रकारको हुने बताउनु भयको छ ।कार्यक्रमको बिशिस्ट अतिथि समेत रहनु भएकी सुनारले शारदा नगरपालिकाले खेलक्षेत्रमा छुटै किसिमको पहिचान गराउदै आएको बताउदै आगामी दिनमा प्रगतिको कामना समेत गर्नु भयो ।
शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले संस्कार र अनुशासनको दायरामा रहेर खेल खेल्न र खेल संचालन गर्न निर्देशन दिनु भयो । नगरपालिकाले शिक्षा, स्वास्थ्य लाई झै खेलकुदलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो ।
कार्यक्रममा बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम,
राष्ट्रिय भूमि आयोग सल्यानका अध्यक्ष बीरबहादुर सेजवाल
पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरीता चलाउने लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बिहिवार सम्म संचालन हुने कार्यक्रममा नगरका एक दर्जन बढी माध्यमिक बिधालयहरुको सहभागीता रहेको छ ।शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षता,
नगर उप प्रमुख सुस्मिता सापकोटाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले संचालन गर्नुभएको थियो ।