१६ पौष २०८०/ सल्यान
नेकपा (माओवादी केन्द्र), सल्यानको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान टोलीको तर्फबाट केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज नरेश भण्डारीले केन्द्रिय सदस्य तथा जिल्ला संयोजक कृतिबहादुर पुनलाई लाल झण्डा र लाल चाबी हस्तान्तरण गरेर अभियानको औपचारिक रुपमा समापन गरिने भएको छ ।
जिल्लाको प्रमुख पर्यटकिय स्थल कुपिण्डे दह परिसरमा नेकपा (माओवादी केन्द्र) सल्यानले समापन कार्यक्रम आयोजना गर्नु अर्थपुर्ण रहेको प्रतिक्रिया जिल्ला इन्चार्ज नरेश भण्डारीले दिनु भयो । गत भाद्र १६ गते घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नारा सहित देशभर एकै साथ उद्घाटन गरिएको जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको ४ महिना पछि समापन गर्न थालिएको नेकपा माओवादी केन्द्र सल्यानका जिल्ला संयोजक कृति बहादुर पुन( प्रकाण्ड) ले बताउनु भएको छ । मंगलवार हुने समिक्षा तथा अभियान समापन कार्यक्रममा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज काली बहादुर मल्ल, सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारी, कर्णाली पार्टी अध्यक्ष बिमला केसी, लगाएतका केन्द्रिय नेताहरुको सहभागीता हुने पुनले बताउनु भयो । उहाँले उक्त कार्यक्रममा जिल्लाले पारित गरेको कार्यविधि अनुसार उत्कृष्ट कार्य गर्ने पालिका समिति तथा नेता कार्यकर्तालाई समेत मुल्यांकनका आधारमा सम्मान गरिने पुनले बताउनु भयो ।
अभियानलाई सफल पार्न योगदान गर्ने अभियानकर्मीहरुलाईपनि सम्मान गरिनेछ । कार्यक्रममा केन्द्रिय सदस्य, प्रदेश सदस्य,प्रदेश सल्लाहकार सदस्य ,प्रदेश जेष्ठ कम्युनिस्ट मंचका सदस्य,जिल्ला समन्वय समिति सदस्य,पालिका पदाधिकारी र पार्टीका वडा अध्यक्षको सहभागीता रहने छ ।