सल्यानको शारदा नगरपालिकामा दुई दिने निशुल्क आँखा शिविर सम्पन्न

१४ पौष २०८०/ सल्यान

सल्यानको शारदा नगरपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

शारदा नगरपालिकाको आयोजना, नेपाल नेत्रज्योति संघ कर्णाली प्रदेशको आर्थिक सहयोग तथा राप्ती अँखा अस्पताल रक्षाचौर दाङको प्राबिधिक सहयोग र सल्यान आँखा उपचार केन्द्रको ब्यबस्थापनमा संचालित दुई दिने निशुल्क अँखा शिबिर सम्पन्न भएको छ।
दुई दिन सम्म संचालित उक्त शिबिरमा ९सय ११ जनाले सेवा लिएका शारदा नगरपालिका सल्यानले जानकारी दिएको छ ।
जसमा १सय २७ जना मोतिन्दुको समस्या भएका बिरामीको शल्यक्रिया गरिएको हो ।

शनिबार भएको समापन कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले आँखाका समस्या भएका बिरामीहरुको समस्या लाई समाधान गर्नको लागि उक्त शिविरको आयोजना गरिएको बताउनु भयो ।उहाँले आफुहरु जेष्ठ नागरिकको स्वास्थ्य प्रती सदैब चिन्तित रहेकाले जेष्ठ नागरिक लक्षित विभिन्न शिबिर नगरपालिकाले आयोजना गर्ने गरेको बताउनु भयो ।

नगर प्रमुख भण्डारीले शिविर बाट मोतिबिन्दुको सफल शल्यक्रिया पश्चात् आँखा देखेका जेष्ठ नागरिकको मुहारमा छाएको खुशी देख्दा आफु निकै हर्सित भएको समेत बताउनु भयो ।उहाँले शिविर सफल र फलदायी पार्न सहयोग गर्ने सवै प्रती धन्यवाद व्यक्त गर्नु भएको थियो ।

सल्यान अँखा उपचार केन्द्रका अध्यक्ष केशब बुढाथोकीको अध्यक्षतामा भएको समापन कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल, नेपाल नेत्रज्योति संघ कर्णाली प्रदेशका कार्यक्रम संयोजक प्रकाश भट्ट, राप्ती आँखा अस्पताल रक्षाचौर दाङ डाक्टर सन्तोष सुवेदी, सल्यान आँखा उपचार केन्द्रका प्रमुख नबिना चौधरी लगायत प्राबिधिक टिम, अँखाका बिरामी र स्थानीयहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस