माओवादी केन्द्र बागचौर नगर कमिटी अध्यक्षमा सोभाराम भण्डारी निर्वाचित

१३ पौष २०८०/ सल्यान

नेपाल कम्युनिस्ट पार्टी माओवदी केन्द्र बागचौर नगर कमिटीको अध्यक्षमा सोभाराम भण्डारी निर्वाचित हुनु भएको छ ।

शुक्रवार सल्यानको बागचौरमा भएको प्रथम नगर भेलाबाट सोभाराम भण्डारीको अध्यक्षतामा दुई जना उपाध्यक्ष पछि थप्ने गरि ३५ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।जस्को बरिस्ठ उपाध्यक्षमा रोमु शाही,सचीव गणेश बुढाथोकी,सहसचिव जयमाता सुनार र कोषाध्यक्ष लक्ष्मी लामिछाने रहनु भएको छ ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कृति बहादुर पुन( प्रकाण्ड) ले सल्यानको रुपान्तरण अभियान कर्णाली प्रदेशमै उत्कृष्ट बनेको बताउनु भयो ।उहाँले पार्टीले संचालन गरेको रुपान्तरण अभियानले माओवादी नेता कार्यकर्तामा
उर्जा पैदा गरेको बताउदै अबको पार्टी जनतामुखी बन्नु पर्नेमा जोड दिनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पुनले माओवादीले जनताका पक्षमा राम्रा काम गर्दै आएको तर प्रतिक्रिया वादीले त्यसलाई कम्जोर बनाउनको लागि नकारात्मक प्रचारप्रसार गर्ने गरेको र त्यसको प्रतिकार गर्न आफुहरु लागि पर्नु पर्ने बताउनु भयो ।उहाँले माओवादीले नेतृत्व गरेको सरकारले सकारात्मक र प्रगतिशिल कार्य गर्दै आएको समेत बताउनु भयो ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रकी केन्द्रिय सदस्य टीका बुढाथोकीले पार्टीलाई बलियो बनाउनको नेता कार्यकर्तामा बैचारिक एकता हुनु पर्ने बताउनु भयो ।उहाँले लामो त्याग,तपस्या र बलिदान बाट हासिल भएका उपलब्धि लाई संस्थागत गरेर जनता र माओवादी पार्टीको सम्बन्धलाई नङ्ग र मासुको सम्बन्ध झै गराउनु पर्ने बताउनु भयो ।करिव चार महिनाको रुपान्तरण अभियानले नेता कार्यकर्तामा सचेतहुने बाताबरण निर्माण गरेको उहाँको भनाइ थियो ।

यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तिलक मल्ल ( क्षितिज ) ले माओवादीले गरेको परिवर्तन वास्तविक जनताको भावना अनुसार भएको तर यो परिवर्तन लाई दृर्घकालिन रुपमा देख्न नसक्ने केही शक्तिले आज देशको सवै क्षेत्रमा अस्थिरता पैदा भएको बताउनु भयो ।उहाँले देशको युवा शक्ति बाध्यता संगै रहरले देश छोड्ने परिस्थिति बनेको र आफ्नो देशको स्वाभिमान समेत गुम्ने खतरा भएकोले त्यस तर्फ ध्यान दिन आवश्यकता रहेको बताउनु भयो ।

माओवादी रुपान्तरण अभियानले नेता कार्यकर्तामा सकारात्मक उर्जा थपेको भन्दै,देशको समृद्धि सुशासन कायम गर्न माओवादीनै सबै भन्दा बलियो शक्ति भएको पार्टीका केन्द्रिय सदस्य ज्ञानबहादुर वली ( माइकल) ले बताउनु भएको छ ।उहाँले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कम्जोर बनाउन प्रतिगामी तत्व लागि परेको बताउदै, प्रतिक्रियावादीहरुका गतिविधिलाई साधारण रुपले लिन नसकिने बताउनु भयो ।

पार्टीका प्रदेश सल्लाहकार समिती सदस्य धन बहादुर वली ( सौरव) प्रदेश समिति सदस्य कवि राम बस्नेत ( कास्मिर)ले पार्टीलाई बलियो बनाउनको लागि पार्टी सिद्वान्त नीति विधि अनुसार कार्यकर्ता परिचालन हुनु पर्ने बताउनु भयो ।उहाँहरुले सहिद घाइते,अपांगको बलिदान र योगदानलाई कहिले पनि भुल्न नहुने बताउनु भएकी छ ।

नेकपा माओवादी केन्द्र बागचौर नगरकमिटी अध्यक्ष सोभाराम भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन नगर कमिटी उपाध्यक्ष रोमु शाहीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस