१० पौष २०८०/ सल्यान
सल्यान छत्रेश्वरी गाउँपालिकाका निवर्तमान अध्यक्ष सन्तोष केसीले एक मृतकको परिवारलाई आर्थिक सहयोग गर्नु भएको छ ।
केसीले सल्यान कुमाख गाउँपालिका ५ तिमेलकाँडाका ४० वर्षीय दीपक विश्वकर्माको परिवारलाई ५९ हजार आर्थिक सहयोग गर्नु भएको हो ।श्रीनगर स्थित सञ्चाद सप्लार्यसका सञ्चालक तथा राजनीतिककर्मी सन्तोष केसीले मृगौला पिडित परिवारलाई आर्थिक सहयोग गर्नु भएको हो । उपचारका क्रममा घरको सबै सम्पत्ति सकिएर २० देखि २५ लाखसम्म ऋण लागेता पनि दुवै मृगौला पिडित विक.को भने उपचारका क्रममा गएको मंसिर महिना मृत्यु भइसकेको छ ।
पाँच जनाको परिवारलाई लालनपालन गर्न समस्या भएको भन्दै मृतकको परिवार आएपछि सहयोग गरेको सञ्चालक केसीको भनाई छ । घरको मुली मान्छेको मृत्यु भएको र आम्दानीको अर्को स्रोत समेत नभएका विश्वकर्मा परिवारलाई सहयोग गर्न पाउँदा आफूलाई पनि खुशी लागेको उहाँको भनाई छ । व्यवसायीका साथसाथै समाजसेवा समेत गर्दै आइरहेकाले सामाजिक उत्तरदायित्व निर्वाह गर्न आर्थिक सहयोग गरेको उहाँको भनाई छ ।