८४ औ जन्म दिनको अवसरमा अक्षयकोष स्थापना

९ पौष २०८०/ सल्यान

नारायण माध्यामिक बिधालय कुमाख गाउँपालिका २ रुमालगाउका  संस्थापक सदस्य तथा पुर्व बिधालय व्यवस्थापन समितिका अध्यक्ष कृति बहादुर रावतले आफ्नो जन्म दिनको अवसरमा अक्षयकोष निर्माण गर्नु भएको छ ।

आफ्नो ८४ औ जन्म दिनको अवसर पारेर रावतले बिधालयको शैक्षिक सुधारको लागि १ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षयकोष निर्माण गर्नु भएको हो ।

सोही बिधालयका प्रधानाध्यापक समेत रहेका देबेन्द्र रावतले
आफ्न बुबाको जन्म दिन र चौरासी पुजामा लाग्ने फजुल खर्चलाई कटाएर कार्यविधि बनाएर अक्षयकोष निर्माण गरिएको बताउनु भयो ।अक्षयकोषको व्याजबाट प्राप्त हुन आएको ७५५ रकमबाट
विद्यालयमा अध्ययनरत गरिव अपाङ्ग तथा सहिद परिवारका छात्रछात्राहरूलाई प्रोत्साहान गर्न शैक्षिक सामाग्री सहित पुरस्कृत गरिने जानकारी दिनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले ८४ पुजालाई फरक ढंगले मनाएको रावत परिवारबाट आफुले नयाँ शिक्षा लिएको भन्दै उमेरले बूढो भएपनि विचारले युवा बनेर उदाहरण दिनु राम्रो भएको बताउनु भयो ।
मानवले बनाएका राम्रा संस्कार र संस्कृति अरू मानवले पनि सिक्दैजानुपर्ने भन्दै उहाँले यसलाई प्रचार गरेर व्यापक बनाउनुपर्ने धारणा राख्नु भयो ।उहाँले सकारात्मक कामको लागि रावत परिवारलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर रावतले अक्षयकोष दाता रावत,विगतमा सामाजिक क्षेत्रमा कृयाशिल रहदै आएको भन्दै त्यसको अनुसरण परिवारले पनि गरिरहेकोमा खुशी व्यक्त गर्नु भयो । परिवारले समाजमा उल्लेखनिय काम गरेको भन्दै उहाँले यसलाई संस्कारको रूपमा अरूले पनि सिक्दै जानुपर्ने बताउनु भयो ।कार्यक्रममा कुमाख गाउँपालिकाका उपाध्यक्ष लाल बहादुर रावत, पुर्व उपाध्यक्ष डिल्लीराज जैशी, वडा नं २ का अध्यक्ष ईश्वरी शाही लगायत दर्जनौ व्यक्तिले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

वि.स.१९९६ पौष ८ गते जन्मनु भएका रावतले आफ्नो ८४ बर्षे जन्मदिन लाई समाजमा प्रेरणा दिने गरि मनाएकोमा सवैलाई धन्यवाद दिनु भयो ।रावत परिवारका अगुवा हिउदे रावतको अध्यक्षता,कान्छा छोरा मान बहादुर रावतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन छोरा देवेन्द्र रावतले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस