८ पौष २०८०/ सल्यान
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सल्यानले अस्थायी आवास निर्माणको लागी विशेष सप्ताह सुरुवात गरेको छ ।
सल्यान दार्मा गाउँपालिका भित्रका भुकम्प प्रभावित जनताको दुखमा मलम पट्टी लगाउने उधेश्यले उक्त अभियान सुरुवात गरिएको नेकपा माओवादी केन्द्र सल्यानले जनाएको छ ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत
पौष ७ गते देखि सुरु गरिएको भूकम्प प्रभावितहरुको अस्थायी आवास निर्माण विशेष सप्ताह पौष १४ गते सम्म संचालन गरिने नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नरेश भण्डारीले बताउनु भयो ।उहाँले उक्त सप्ताहमा सहभागी हुन अभियानमा लागेका सम्पुर्ण नेता कार्यकर्ता,शुभचिन्तक लगाएत सवैलाई अनुरोध गर्नु भएको छ ।विशेष सप्ताह भित्र क्षतिग्रस्त घरको भग्नावशेष हटाउने र अस्थायी आवास निर्माण गर्ने कार्य आफुहरुले गर्ने भण्डारीले बताउनु भयो ।
शनिबार दार्मा गाउँपालिका वडा नं.१ का मदन देवकोटा र खले कामी(कर्ण) को क्षतिग्रस्त घरको भग्नाबशेष हटाउने र अस्थायी आवास निर्माण सुरुगरिएको अभियानमा,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारी, दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी, गाउँपालिका उपाध्यक्ष, जुना मल्ल चन्द,माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य दुर्गाबहादुर मल्ल,वडा अध्यक्ष टंक बहादुर ओली,प्रेस सेन्टर नेपाल सल्यानका अध्यक्ष प्रकाश शर्मा, जनज्योति माबिका शिक्षकहरु, लगाएत सर्वसाधारण र स्वयमसेवकहरु सहभागीता रहेको थियो ।