०६ पौष २०८०/ सल्यान
नेकपा माओवादी केन्द्र सल्यानले पालिका स्तरीय भेलालाई तिब्रता दिएको छ ।
घरघरमा माओवादी, जनजनमा माओवादी, जनता संग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत बिहीवार पाँच पालिकामा भेला सम्पन्न गरेको नेकपा माओवादी केन्द्र सल्यानले जनाएको छ ।
विहिवार भएका पालिका स्तरिय भेलाबाट शारदा नगरपालिकामा नवीन सिंह भडेलको अध्यक्षतामा ३५ सदस्यीय,बनगाड कुपिण्डे नगरपालिकमा दुर्गा बहादुर बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।यस्तै कपुरकोट गाउँपालिकामा प्रकाश भण्डारीको अध्यक्षतामा ३७ सदस्यीय, शिद्व कुमाख गाउँपालिकामा डिल बहादुर बुढाथोकी अध्यक्षतामा ३७ सदस्यीय र त्रिवेणी गाउँपालिकामा नेत्र पुनको अध्यक्षतामा २१ सदस्यीय गाउँकमिटी गठन गरिएको हो ।
यहि पौष १० गते सम्म सल्यानका सवै पालिकाहरुमा भेला गरि सक्ने नेकपा माओवादी केन्द्र सल्यानका जिल्ला इन्चार्ज नरेश भण्डारीले बताउँनु भएको छ । उहाँले रुपान्तरण अभियान बाट पार्टी लाई बलियो र सशक्त बनाउनको लागि पार्टी प्रती इमानदार र कटिबद्ध तरिकाले पार्टीका काममा लाग्ने व्यक्तिलाई नेतृत्व दिदै आएको बताउँनु भयो ।पुर्व मन्त्री समेत रहनु भएका भण्डारीले सल्यानमा माओवादी पार्टी लाई गतिशील बनाउनको लागि नेतृत्व नै गतिशील,प्रतिबद्ध र समय अनुरुप चल्न सक्ने हुनु पर्ने बताउनु भयो ।रुपान्तरण अभियानले सल्यान जिल्लाका जनताको मनोभावना बुझ्ने अवसर आफुलाई मिलेको,माओवादी प्रतिको बिश्वास जनतामा अझै नगुमेको बताउनु भयो ।उहाँले शहिद,घाइतेका सपनालाई पूरा गर्न र जिल्ला वासीका आवस्यकता लाई पूरा गर्न सके माओवादी पार्टी फेरि पनि पहिलो पार्टी बन्ने बताउनु भयो ।