पत्रकार लक्ष्मी पुन पशुपति विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त

५ पौष २०८०/ सल्यान

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन नियुक्त हुनु भएको छ ।

यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस १ गते सकिए लगत्तै,लामो समय देखि पत्रकारीतामा सक्रिय रहदै आउनु भएकी पुन लाई पशुपति क्षेत्र बिकास कोषको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा बुधबार भएको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई उक्त पदमा नियुक्त गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस