३ पौष २०८०/ सल्यान
सल्यान कुमाखको जनता मावि रागेचौरको अध्यक्षमा डिल्लीराज रावत चयन हुनुभएको छ ।
समितिका अन्य सदस्यमा पहलनाथ योगी, लक्ष्मी बुढाथोकी, जानकी राना, मनिषा राना रहनुभएको छ । वडाध्यक्ष केवल राना तथा सहायक प्रधानाध्यापक भिम वलीको उपस्थितिमा भएको बैठकले सर्वसम्मतिमा नेतृत्व चयन गरेको हो । ९ महिनादेखि रिक्त भएको विद्यालय व्यवस्थापन समितिमा सहमतिको माध्यामबाट समिति चयन भएको छ ।
कुमाखको अग्रणी विद्यालय जनता मावि गत बर्ष चैत ४ गते देखि व्यवस्थापन समिति विहिन थियो ।शुक्रबार भएको अविभावक भेलाले चुनेका ४ जना सदस्यले आईतबार स्थानीय बुद्धिजीवी तथा समाजसेवी भनेर आइतबार डिल्ली राज रावतलाई मनोनित गरेको थिए । जेष्ठ सदस्य मेघ बहादुर शाहको अध्यक्षतामा बसेको पहिलो बैठकले सोमबार उहाँलाई अध्यक्षमा चुनेको हो ।