०२ पौष २०८०/ सल्यान
श्री दुर्गा सरस्वती माध्यमिक बिधालय बागचौर नगरपालिका १२ को
४८ औं वार्षिकोत्सवमा उद्घाटन गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले , विद्यालयले गुणस्तरीय शिक्षामा पुर्याएको योगदानको प्रशंसा गर्दै शिक्षा क्षेत्रमा अझै राम्रो काम गर्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गौतमले
विद्यालयका समस्या समाधान गर्न पालिकाकाे तर्फबाट सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाँले बार्षिक उत्सव कार्यक्रमको अवसरमा बिधालयको प्रगति उन्नतिका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
यस्तै कार्यक्रमका बिशिस्ट अतिथी सुम्निमा डिसी ( वली) बागचौर नगरपालिका भित्रका बिधालयहरु मध्य दुर्गा सरस्वती माध्यमिक बिधालय बाफुखोलाको पनि छुट्टै पहिचान रहेको बताउनु भयो ।उहाँले सो बिधालयले हाल सम्म दक्ष बिद्यार्थी उत्पादनमा महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।बागचौर नगरपालिका उपप्रमुख समेत रहनुभएकी वलीले बिधालयको प्रगतिको कामना गर्नु भएको थियो ।
आइतबार भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, विशिष्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी वली, नगर प्रवक्ता दिपेश डि.सी, वडा नं. ११ का वडा अध्यक्ष केश बहादुर भण्डारी, कार्यपालिका सदस्य रेखा कुमारी डाँगी, शिक्षा शाखा प्रमुख चित्रा बस्नेत, वडा सदस्य, शिक्षक, बिद्यार्थी, अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।विद्यालयले वार्षिकोत्सवकाे अवसरमा पूर्व विद्यालय व्यवस्थापन समितिका २ जना अध्यक्ष,१ जना शिक्षक अभिभावक संघका अध्यक्ष, ७ जना शिक्षक र विद्यालयको वार्षिक उत्सवको अवसरमा हुने विभिन्न प्रतियोगितामा आर्थिक सहयोग गर्ने ३७ जनालाई व्यक्ति लाई सम्मान गरिएको थियो । त्यसैगरी कालू लिला एण्ड प्रेम बुद्धि स्मृति अक्षयकोष बाट ५ जना, हिरमान वली एण्ड पिम कुमारी वली स्मृति अक्षयकोष बाट ४ जना र प्रकाश लाल वली एण्ड कलि वली अक्षयकोष बाट ४ जना सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
बागचौर नगरपालिका वडानं.१२ का वडा अध्यक्ष तथा सोही बिधालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम वलीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न खेलकुद कार्यक्रमहरूको आयोजना गरिएको छ। खेलकुद कार्यक्रममा बागचोर नगरपालिका वडा नं. ११ र वडा नं. १२ का सामुदायिक विद्यालयका विद्यार्थीहरू सहभागी हुने बिधालय परिवारले बताएको छ ।
उद्घाटन कार्यक्रममा विद्यालयकाे वार्षिक प्रतिवेदन प्रस्तुत तथा कार्यक्रमकाे सहजीकरण विद्यालयका प्रधानाध्यापक नेव बहादुर वली गर्नुभएको थियोे ।