छत्रेश्वरीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ पुस २०८०/ सल्यान

सल्यानको छत्रेश्वरी गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१को योजना कार्यान्वयन गर्न गठन भएका उपभोक्ता समितिहरुलाई अभिमुखिकरण गरेको छ । ७ वटै वडामा सञ्चालित कार्यक्रममा उपभोक्ता समिति तथा टोल विकास समितिका झण्डै तीन सय पदाधिकारीहरुलाई अभिमुखिकरण गरिएको गाउँपालिकाले जनाएको छ ।

योजनाको स्टिमेट अनुसार गुणस्तर कायम गरेर समयमै पारदर्शी रुपमा निर्माण कार्य सम्पन्न गर्नका लागि अभिमुखिकरण कार्यक्रमले सहयोग पुग्ने गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले बताउनु भएको छ ।सात वटै वडाका टोल विकास समिति अध्यक्षहरु, सबै उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई अभिमुखिकरण गरिएको हो । वडा नम्बर १ मा ५४ जना, २ मा २८ जना, ३ मा ४१ जना, ४ मा १९ जना, ५ मा ५४ जना, ६ मा ४० जना र ७ मा ६३ जना लाई तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

उपभोक्ता समिति मार्फत सम्पन्न हुने योजनालाई विश्वसनीय र पादरर्शी बनाउन यस प्रकारको तालिम तथा अभिमुखिकरण सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक बुद्ध कुमारी खत्रीले जानकारी दिनु भयो ।उहाँले योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि उपभोक्ता समितिहरूलाई नीतिगत र प्राविधिक दुबै पक्षमा विशेष अभिमुखीकरण गराइएको बताउनु भयो ।

योजना सम्झौताका लागि आवश्यक पर्ने कागजातहरु, उपभोक्ता समितिको काम कर्तव्य र अधिकार, सम्पादन गर्नुपर्ने कामको विवरण, काम सम्पन्न गर्नुपर्ने अवधि, लागत र उपभोक्ताको योगदान, निर्माण सामाग्रीको गुणस्तर र परिमाण खरिद लगायतका विषययमा अभिमुखिकरण गरिएको थियो ।

यस्तै रकम निकासा प्रकृया, खर्चको लेखाकंन र अभिलेख व्यवस्थापन, योजना कार्यान्यन र अनुगमन प्रकृया, सार्वजनिक परीक्षण, योजनाको फरफारक र हस्तान्तरण, उपभोक्ता समितिको खाता सञ्चालन र भुक्तानी प्रकृयाको विषयमा उपभोक्तता समितिका पदाधिकारि एवम् टोल विकास समितिका अध्यक्षहरुलाई जानकारी गराइएको गाउँपालिकाले जनाएको छ ।

लेखा अधिकृत गोविन्दराज विष्ट, प्रशासन शाखा प्रमुख खेम राज बुढाथोकी, योजना शाखा प्रमुख झरण केसी,प्राविधिक तथा पुर्वाधार शाखाका गणेश डाँगी लगाएतले अभिमुखिकरण गरेका थिए । गत मंशिर २५ गते वडा नम्बर ५ बाट सुरु भएको अभिमुखिकरण कार्यक्रम आइतबार वडा नम्बर १ मा सञ्चालन भएसंगै सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस