सल्यानमा साइकुमारी मेलाको अवसरमा विभिन्न प्रतियोगिता संचालन

२४ मंसीर २०८०/ सल्यान

सल्यानको शिद्वकुमाखमा साइकुमारी मेला खेलकुद तथा साँस्कृतिक कार्यक्रम संचालन भएको छ ।

देउराली माध्यामिक बिधालय शिद्वकुमाख २ कुयझोलको प्राआगनमा सुरु भयको कार्यक्रमको शनिबार उद्घाटन गर्दै शिद्व कुमाख गाउँपालिकाका अध्यक्ष भरत गीरीले पौराणिक मेला महोत्सवहरुको संरक्षण गर्नु सकारात्मक पक्ष भएको बताउनु भएको छ ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गीरीले शिद्वकुमाख गाउँपालिकाले गाउँपालिका भित्रका पौराणिक कला साँस्कृतिक जगेर्ना गर्न लागि परेको बताउनु भयो ।उहाँले साइकुमारी मेलाको अवसरमा ४ दिन सम्म संचालन हुने खेलकुद प्रतियोगिता अनुसाशित एवं मर्यादित संग संचालन गर्न आयोजकलाई निर्देशन दिनु भएको छ भने,कार्यक्रम सफलताको कामना व्यक्त गर्नु भएको हो ।

यस्तै उद्घाटन कार्यक्रममा बोल्दै शिद्वकुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेतले प्रत्येक बर्ष मंसीर महिनाको औसीमा लाग्ने साइकुमारी मेलाको आफ्नै महत्त्व रहेको बताउनु भयो ।
उहाँले उक्त स्थानमा साइकुमारी नामक पानी जाग्ने र त्यो पानी जागेको स्थानमा आएर भक्तजनहरुले पुजा आराधना गर्ने,त्यहाँ बर मागे इच्छाशिद्वी हुने धार्मिक बिश्वास राहेको बताउनु भयो ।
कार्यक्रमका बिशिस्ट अतिथि समेत रहेका बस्नेतले यस बर्ष मेलाको अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमको आयोजनाले सकारात्मक सन्देश दिएको बताउनु भयो ।

देउराली माध्यामिक बिधालय शिद्वकुमाख गाउँपालिका वडा नं.२ कुयझोलको आयोजनामा भएको कार्यक्रममा, शिद्वकुमाख गाउँपालिका वडानं. २ का वडा अध्यक्ष मेक बहादुर बुढाथोकी, ३ न वडा अध्यक्ष जिबराज बोहरा, ५ न वडा अध्यक्ष चुडामणिा रेउले, कार्यपालिका सदस्य केशर परियारले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भयको थियो । उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य,वडा सदस्य,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,शिक्षक बिद्यार्थी,खेलाडी लगाएत दर्शकको सहभागिता रहेको थियो ।


कला साँस्कृति,खेलकुद राष्ट्रको सान,धार्मिक स्थल पर्यटन प्रचारप्रसार हाम्रो अभियान,भन्ने नारा सहित संचालन गरिएको उक्त कार्यक्रममा खुल्ला पुरुष भलिबल प्रतियोगिता,महिला भलिबल प्रतियोगिता गाउँपालिका भित्रका,आधारभुत बिधालय तह ( ६-८)स्तरीय हाजिरी जवाफ प्रतियोगिता,मावि स्तरीय वक्तित्वकला प्रतियोगिता,आधारभुत तह (१-५) स्तरीय हिसाब दौड प्रतियोगिता सन्चालन हुने देउराली माध्यमिक बिधालयका बिधालय व्यवस्थापन समिती अध्यक्ष गोविन्द चलाउनेले बताउनु भयो ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द चलाउनेको अध्यक्षता,प्रधानाध्यापक मनविर चलाउनेको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन शिद्वकुमाख गाउँपालिका खेलकुद शाखा संयोजक देब बहादुर बस्नेतले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस