कपुरकोट गाउँपालिकाको पाचौं राष्ट्रपति रनिङ सिल्ड सुरु

२२ मंसीर २०८०/ सल्यान

नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले खेल जीतका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि अपरिहार्य भएको बताउनुभएको छ ।

शुक्रबार सल्यानको कपुरकोट गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री ज्वालाले खेल खेल्दा शरिरलाई स्वस्थ्य र फुर्तिलो बनाउन मद्धत पुग्ने भएकाले खेल खेल्नु आवश्यक रहेको बताउनु भयो ।उहाँले खेलखेल्दा हार वा जीत स्वभाविक हुने भएकाले त्यसलाई सहजै स्वीकार गर्नुपर्ने बताउनुभयो । मन्त्री ज्वालाले कपुरकोट तरकारीको वजारीकरण गर्ने, राप्ती राजमार्गको स्तरोन्नती, सोलाबाङ रिम छाँयानाथ सडक, कपुरकोट फलाबाङ सडक सहित पालिकाभित्रको विकास निर्माणका कार्र्यमा संघिय सरकारले सहयोग गर्ने बताउनुभयो ।

भवानी माद्यामिक बिद्यालय कपुरकोट ६ छाँयानाथमा सन्चालन भयको उक्त कार्यक्रममा उद्घाटनमा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वली लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो । पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवारसम्म सञ्चालन हुने गाउँपालिकाले जनायको छ ।

प्रतिक्रिया दिनुहोस