१९ मंसीर २०८०/ सल्यान
अखिल नेपाल महिला संघ ( क्रान्तिकारी) सल्यानको जिल्ला भेला सम्पन्न भएको छ ।
मंगलवार श्रीनगरमा सम्पन्न भएको भेलाले धनसरा मल्ल संयोजक र शुसिला बिक सह संयोजक रहेको २५ सदस्यीय जिल्ला स्तरीय समन्वय समिति गठन गरिएको छ ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीले संगठनलाई शसक्त बनाउन क्रियाशिल भएर लाग्न क्रान्तिकारी महिलालाई आग्रह गर्नु भएको छ । उहाँले दस बर्षिय जनयुद्ध बाट प्राप्त गरेका उपलब्धि सहितको व्यवस्थालाई खोस्न केहि पश्चगामी शक्ति लागी परेको र त्यसको प्रतिरोध गर्न क्रान्तिकारी शक्तिलाग्नु पर्ने बताउनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भण्डारीले माओवादीले ल्याएको व्यवस्थाकै कारण आज महिलाहरूले आफ्नो अधिकार प्रयोग गर्न पायको बताउनु भयो ।माओवादीको नेतृत्वमा आएको व्यवस्थाकै कारण महिला पहिलो राष्ट्रपति,पहिलो सभामुख,प्रमुख न्यायाधीश लगाएतका विभिन्न पद पाउन सफल भएको बताउनु भयो । पुर्व मन्त्री समेत रहेका भण्डारीले गत कार्तिकमा गएको भुकम्पको कारण दार्माका पीडित जनतालाई मलम लगाउन पार्टीले अस्थायी आवशको लागि संचालन गरेको अभियानमा सामेल हुन सवैलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) की केन्द्रिय उपाध्यक्ष टीका बुढाथोकीले महिलाहरु माओवादीको दस बर्षे जनयुद्ध बाट आत्मानिर्भर हुने अवस्थामा आएको र अझै पनि समाज परिवर्तनको लागि महिलाहरु लागि पर्नु पर्ने बताउनु भयो कार्यक्रमकी बिशिस्ट अतिथि समेत रहेकी बुढाथोकीले महिलाहरु परनिर्भर नभएर आत्मनिर्भर हुनु पर्नेमा जोड दिदै समाज परिवर्तनको पहरेदार बन्नु पर्ने बताउनु भयो ।माओवादी केन्द्रकि केन्द्रिय सदस्य समेत रहेकी बुढाथोकीले संगठनका गतिविधि लाई तिब्रताका साथ अगाडि बढाउन नेतृत्व लाई आग्रह गर्नु भयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कृति बहादुर पुन ( प्रकाण्ड) ले कार्यक्रममा महिलाहरुको उत्साहपुर्ण जोस देखेर आफुलाई समेत उर्जा मिलेको बताउनु भयो ।उहाँले माओवादी शक्तिको पहिचान लाई सवै क्षेत्रमा स्थापित गर्न लागी पर्न अनुरोध गर्नु भयो ।पार्टीका सल्यान जिल्ला संयोजक समेत रहेका पुनले सल्यान जिल्लाको माओवादी केन्द्र भित्रका महिलाहरु सक्षम भएर सिंगो जिल्ला लाई परिवर्तन गर्ने अवस्थामा पुग्नु पर्ने बताउनु भयो । संयोजक पुनले माओवादी आन्दोलनमा महिलाले खेलेको भुमिका सधै स्मरणीय हुने बताउनु भयो ।
अखिल नेपाल महिला संघ ( क्रान्तिकारी) सल्यानकी जिल्ला अध्यक्ष राधा शर्माको अध्यक्षता,संगठनकी जिल्ला सदस्य पुर्णिमा खत्रीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन धनसरा मल्लले गर्नु भएको थियो ।