१९ मंसिर सल्यान
सल्यानी चेली भुमिका रसाइलीले गत कार्तिक १७ गते जाजरकोटमा गएको भुकम्पमा परि आफ्ना परिवारका अभिभावक तथा सदस्यहरु गुमाएका ६ बालिकालाई उद्धार गरि काठमाण्डौ लग्नु भएको छ ।परिवर्तका लागि हामी संस्थाका संस्थापक अध्यक्ष रहनुभएकी रसाइलीका अनुसार गास बास कपास, स्वास्थ्य, शिक्षा , सुरक्षा सहित संस्थाले संरक्षण गर्ने गरि काठमाण्डौ लगिएको हो ।
उद्धार गरिएका बालिकाहरुमा भुकम्पमा परि परिवारका सबै सदस्य गुमाएकी भेरी नगरपालिका १ की रविना विक ,
सोही वडामा बस्ने, केही महिना पहिले बुवाको मृत्यु भएको र भुकम्पले गर्दा घर विहिन बनेकी सपना विक. र बुवाको निधन भएको, आमाको साथमा बस्दै घर भत्केपछी घर विहिन बनेकी खुशी विक. रहेका छन ।
त्यस्तै भुकम्पमा बुबा र भाई गुमाएका नलगाड नगरपालिका वडा नम्बर ५ भगवती शाही र सविना शाही रहेका छन त्यस्तै केही वर्ष पहिले बुवा गुमाएकी र भुकम्पले घर विहिन बनेकी नलगाड नगरपालिका वडा नम्बर ६ निरुता विक छन ।
उनीहरुलाई १२ कक्षा सम्म संस्थागत विद्यालयमा पढाउने , गास बास कपास, स्वास्थ्य तथा शिक्षा , सुरक्षा सहित संस्थाले संरक्षण गर्नेछ ।
अहिले यो संस्थाले १६ जना दुर्गम क्षेत्रका बुवा आमा गुमाएका बालिकाहरुलाई संरक्षण गरेर राखेको छ ।
संस्थाले भुकम्प प्रभावित जाजरकोटका १५३ परिवारलाई खाद्यन्न सहयोग समेत गरेको थियो ।