१८ मंसीर २०८०/ सल्यान
सल्यानमा ९२ जना व्यक्तिको मोतिबिन्दु सम्बन्धि सल्यक्रिया गरिएको छ ।
बागचौर नगरपालिकाको आयोजना भएको शिविरमा ९२ जना व्यक्तिको मोति बिन्दु सम्बन्धि सल्यक्रिया गरिएको हो ।
नगरपालिका भित्र आँखा सम्बन्धि समस्या भएका निम्न वर्गका नागरिकलाई सहज रुपले निःशुल्क आफ्नै घर नजिक सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको बागचौर नगरपालिका नगर प्रमुख जनकराज गौतमले बताउनु भएको छ । उहाँले आफ्नै घर नजिक निःशुल्क रुपले सेवा लिन पाउदा नागरिकमा छायको खुसी देख्दा आफुलाइ समेत खुसी लागेको बताउनुभयो । नगरप्रमुख गौतमले उक्त शिविर संचालनको लागि समन्वयकारी भुमिका खेल्ने सवैमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
नगरभित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा मङसिर १३ गते देखी १५ गतेसम्म निःशुल्क मोतिबिन्दु छनोट शिबिर संचालन गरिएको र उक्त शिविरमा ३सय २२ महिला र २सय ५६ पुरुष गरि जम्मा ५७८ जनाको आँखा जाँज गरेकाेमा १२० जनामा मोतिविन्दुको समस्या देखिएको थियो ।
उक्त समस्या भएका व्यक्तिहरुलाई सहजताको लागि मंसीर १६ र १७ गते जनकल्याण क्याम्पस थारमारेमा निःशुल्क मोतिबिन्दुको शल्यक्रिया शिविर संचालन गरिएको र शिविरमा १सय ५७ पुरुष र १८६ महिला गरि जम्मा ३४३ जनाले आँखा जाँज गराएको बताइएको छ जसमध्ये ९७ जनाको ल्याव परिक्षण गरिएको थियो, ल्याव रिपोर्ट अनुसार ५ जना बाहेक पुरुष ४२ र महिला ५० गरी ९२ जनामा मोतिविन्दुको सफल शल्यक्रिया गरिएको थियो भने, ५ जनाको मोतिविन्दु शल्यक्रियाका लागि राप्ति आँखा अस्पताल रक्षाचौर दाङ्गमा सिफारिस गरिएको छ । माेतिविन्दुकाे छनाैट शिविर तथा शल्यक्रिय शिविर अवधिभर ९सय २१ जनाले आँखा जाँच गराएका थिय । शिविरमा मोतिविन्दुको शल्यक्रिया सहित आँखा परीक्षण, औषधी वितरण लगायत आँखा सम्बन्धि सम्पूर्ण उपचार नि:शुल्क गरिएको थियो ।
बागचौर नगरपालिको आयोजना, राप्ति आँखा अस्पताल रक्षाचौर दाङ्ग, नेपाल नेत्र ज्योति संघ र एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न गरिएको हो ।