१६ मंसीर २०८०/ सल्यान
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ्गलेमाओवादी केन्द्र सुदृढ भएमा मात्रै लोकतान्त्रीक गणतन्त्र र सिङ्गो देश सुदृढ हुने बताउनु भएको छ ।
संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको मौलिक परिवर्तित व्यवस्था भएको भन्दै गुरुङले जनताका अधिकार कुन्ठित गर्ने सामान्तवादी राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भएर मुलुकमा आएको परिवर्तन जनयुद्धको महान उपलब्धी भएको र सहिदहरुको त्याग,तपस्या बलिदानको परिणाम स्वरुप प्राप्त भएको परिवर्तनको रक्षा गर्दै थप आर्थिक सामाजिक परिवर्तनको लागि अर्को यात्रामा फेरी पनि आफ्नो पार्टी अगाडि बढ्नुपर्ने बताउनु भयो ।
सभालाई पार्टीका केन्द्रिय सदस्यहरु नरेश भण्डारी, कृति बहादुर पुन, भिम प्रकाश शर्मा, विमला केसी, कर्ण बहादुर बुढाथोकी लगाएतका नेताले सम्बोधन गर्नु भएको थियो ।उहाँहरुले माओवादी रुपान्तरण हुन आवश्यक रहेको भन्दै पार्टीले प्राप्त गरेका उपलब्धिहरुको रक्षा गर्नु पहिलो आवश्यकता भएको बताउनु भयो ।