१५ मंसीर २०८०/ सल्यान
सल्यानमा संचालन गरिएको निशुल्क आँखा जाँच शिविरमा १ सय बढिले सेवा लिएका छन् ।
जिल्लाको शारदा नगरपालिका–१० मधानामा सञ्चालन गरिएको निशुल्क आँखा जाँच शिविरमा एक सय बढीले सेवा लिएका हुन ।
शारदा नगरपालिकाको आयोजना, नेपाल नेत्र ज्योति संघ सल्यान आँखा उपचार केन्द्र शितलपाटीको प्राबिधिक सहयोग र शारदा नगरपालिका–१० को स्थानिय व्यवस्थापनमा धारभूत स्वास्थ्य सेवा केन्द्र मधानामा विहीबार सञ्चालन भएको एक दिने शिविरमा एक सय ११ जनाले आँखा जाँच सम्बन्धि सेवा लिएका थिय ।
शिविरमा ७१ जना महिला र ४० जना पुरुषले सेवा लिएको वडा अध्यक्ष कृष्ण बहादुर बोहराले जानकारी दिनुभयो । जसमध्ये मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने १५ जना आँखाका बिरामीको पहिचान भएको र ४७ जनालाइ निशुल्क चस्मा बितरण गरिएको वडा अध्यक्ष बोहराले जानकारी दिनु भयो।