संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री सुशीला सिर्पाली ठकुरीले,माओवादीको रुपान्तरण अभियानले नेता कार्यकर्तामा जागरण पैदा गरेको बताउनु भएको छ। अभियानले २०६४ सालको माओवादीलाई फर्काउन थालेको बताउनु भयो । विहिवार नेकपा माओवादी केन्द्र कुमाखले चिसापानी शहीद पार्कमा गरेको संकल्प सभालाई सम्बोधन गर्दै मन्त्री ठकुरीले रुपान्तरण सहितको पार्टी निर्माण गर्न आफुहरु लागि परेको बताउनु भयो ।उहाँले पार्टीको अभियानलाई तीव्रताका साथ सफल र प्रभावकारी गराउन नेता कार्यकर्ता लाई अनुरोध गर्दै आफ्नो मन्त्रालय बाट जिल्लाको लागि गर्ने कामको कुनै कसर बाँकि नराख्ने बताउनु भयो ।मन्त्री ठकुरीले सल्यानमा पर्यटन प्रवर्द्धन गर्न धेरै ऎतिहासिक क्षेत्र भएकाले भविष्यमा जिल्लाको आर्थिक अवस्था सुधार्न सकिने बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै पुर्व मन्त्री नरेश भण्डारीले माओवादी शक्तिलाई एकतावद्व बनाएर देशको ठूलो पार्टी निर्माण गर्न लागि परेको बताउनु भयो ।उहाँले पार्टी निर्माण गर्न शिद्वान्त अनुरुप जनजिविका संग जनपक्षीय काम गर्नु आजको पहिलो प्राथमिकता भएको बताउनु भयो । माओवादी पार्टीको रुपान्तरण अनिवार्य भएको, यदि पार्टी रुपान्तरण हुन नसकेको खण्डमा दस बर्षिय जनयुद्ध,१९ दिने जन आन्दोलनका उपलब्धिहरु गुम्ने खतरा भएको बताउनु भयो ।पार्टीका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज समेत रहेका भण्डारीले जनताको साथमा रहिरहन नेताहरुले पनि सोही अनुसारका काम गर्नु पर्ने बताउनु भयो । जुम्ला जस्तो बिकट क्षेत्रको बिकासको लागि आफ्नो कार्यकालमा नमुना काम भएका भन्दै,सल्यानको बिकासको लागि यहाँका जनप्रतिनिधिहरुलाई झकझकाउन जनतालाई आग्रह गर्नु भएको छ ।
संकल्प सभामा बोल्दै माओवादी केन्द्र सल्यानका जिल्ला संयोजक कृति बहादुर पुन ( प्रकाण्ड) ले अभियानले माओवादी पार्टी लाई सशक्त र बलियो बनाउन महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।पार्टीका केन्द्र सदस्य समेत रहनु भएका पुनले यो अभियान पार्टी भित्रका बिशाक्त शक्तिलाई निर्मुल गर्ने र इमानदार,कटिबद्ध नेता कार्यकर्ता र जनतालाई पार्टी प्रती बफादार बनाउने भएको बताउनु भयो ।उहाँले अभियानका विभिन्न रुपहरु भएका र अहिले जिल्लाका सवै स्थानीय तहहरुमा संकल्प सभाहरुको आयोजना गरिदै आएको बताउनु भयो ।
नेकपा माओवादी केन्द्र कुमाख गाउँपालिका अध्यक्ष डिल्ली प्रशाद जैसी ( सगरमाथा ) को अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रकी केन्द्रिय सदस्य लक्ष्मी पुन,दिलमाया बुढा मगर लगाएतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो भने,विभिन्न झाकीहरु समेत प्रदर्सन गरिएको हो ।