१० मंसीर २०८०/ सल्यान
सल्यानको सिद्ध कुमाख गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
मंसीर ७ गते देखि संचालन भएको चौथो अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधी शिद्व कुमाख गाउँपालिका वडानं.२ ले हात पार्न सफल भएको हो ।
कार्यक्रमको समापन गर्दै शिद्वकुमाख गाउँपालिका अध्यक्ष भरत गीरीले सम्पुर्ण खेलाडीहरुलाई बधाई ज्ञापन गर्नु भएको छ ।
पुरुष भलिबलमा वडा न १ प्रथम, वडा न २ द्धितिय र वडा न ३ तृतिय, महिला भलिबल तर्फ वडा न २ प्रथम, वडा न ५ द्धितिय र वडा न ३ तृतिय भएका छन् ।
लोक दोहोरी तर्फ प्रथम वडान २ वडा न ३ र तृतिय वडा न ४ भएका छन् ।
यस्तै व्यक्तिगत विधा तर्फ महिला खेलमा वेस्ट सर्भर वडा न ३ की शारदा बोहरा, वेस्ट डिफेन्डरमा वडा न ५ की सरिता बोहरा, वेस्ट सेन्टरमा वडा न २ की चेतना चलाउने, वेस्ट स्पाइकरमा वडा न २ की गंगा चलाउने, वेस्ट ब्लकरमा वडा न ५ की सिता खड्का र वेस्ट प्लेरमा वडा न २ कै सरिता रोका घोषित भएका छन् ।
पुरुष तर्फ वेस्ट सर्भरमा वडा न २ का विर बहादुर चलाउने, वेस्ट डिफेन्डरमा वडा न १ का तिलक बस्नेत, वेस्ट सटरमा वडा न १ का नवराज बुढाथोकी, वेस्ट स्पाइकरमा वडा न ४ का अर्जून रेउले र वेस्ट ब्लकरमा वडा न २ का कैलाश चलाउने र वेस्ट प्लेरमा वडा १ का कमल बुढाथोकी घोषित भएका छन् ।
यस्तै पालिकाबाट छनोटमा परेका पुरुष भलिबल तर्फ वडा न १ का कमल बुढाथोकी, नवराज बुढाथोकी, तिलक बस्नेत, पुष्पकमल रोका, वडा न २ बाट कैलाश चलाउने, विर बहादुर चलाउने गोविन्द विक वडा न ४ बाट अर्जुन रेउले, भरत परियार, भरत राना, वडा न ५ बाट मुकुन्द चलाउने र वडन ३ बाट नेव बहादुर चलाउने रहेका छन् ।
महिला भलिबल तर्फ छनोट भएका खेलाडीहरुमा वडा न १ बाट सिता कुमारी बुढाथोकी, वडा न २ बाट सरिता रोका, चेतना चलाउने, गगा चलाउने र सिमा बोहरा, वडा न ३ बाट शारदा बोहरा, करिश्मा बोहरा, सम्झना बोहरा, वडा न ४ बाट सुष्मा राना मश्मिता खड्का र वडा न ५ बाट सरिता बोहरा, र सिता खड्का रहेका छन् ।
विजेता टोलीलाई नगद पुरस्कार, प्रमाण पत्र, मेडल र कप प्रदान गरिएको छ । पाँचौँ अध्यक्षकप वडा न १ को महेन्द्र आर्दश माध्यमिक विद्यालयमा हुने छ ।