नवौं उद्योग दिवसको अवसरमा सल्यानमा एक कार्यक्रम सम्पन्न

९ मंसीर २०८०/ सल्यान

सल्यानमा नवौं राष्ट्रिय उद्योग दिवस एक कार्यक्रमका साथ मनाइएको छ ।


शनिबार जिल्लाको श्रीनगरमा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावलले उद्योग बिना नेपालको बिकास असम्भव भएको बताउनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रावलले जिल्लामा उद्योग क्षेत्र फस्टाउन नसक्नुको कारण पहिचान गरेर त्यसको निराकरण गर्नु पर्ने बताउनु भयो ।उहाँले अनुदानको लागी मात्र उद्योग संचालन गर्ने परिपाटीको अन्त्य गर्नु पर्ने समेत बताउनु भयो ।

कार्यक्रमकी बिशिस्ट अतिथि शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटाले,औद्योगिक क्षेत्रको बिकास निराशाजनक रहेको बताउनु भएको छ ।उहाँले जिल्लाका विभिन्न भागमा रहेका उद्योगहरु दृर्घकालिन रुपले संचालन हुन नसक्नु,उद्योगले उत्पादन गरेका बस्तु उचित मुल्यमा बिक्री हुन नसक्नु जस्ता समस्या तत्कालीन रूपमा देखा परेको बताउनु भयो ।

उक्त कार्यक्रममा राष्ट्रिय भुमी आयोग सल्यानका अध्यक्ष बिरबहादुर सेजुवाल,सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्का ,उधोग बाणिज्य संघ सल्यानका बाणिज्य उपाध्यक्ष भरत बस्नेत,पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

स्वदेशी उत्पादन अभियान,उधमीको सम्मान भन्ने मुलनारा सहित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका कार्यालय प्रमुख श्रीकृष्ण देवकोटाको अध्यक्षतामा भयको उक्त कार्यक्रममा उत्कृष्ट दुईजना उद्योगीहरुलाई सम्मान गरिएको हो ।सम्मान हुनेमा बानपा २ की दिपा केसी र शानपा १ का इन्द्र बाबू विक रहनु भएको छ ।

कार्यालयका कपिलदेव भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधि,पत्रकार,व्यापारी व्यवसायीको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन कार्यालयका सूचना अधिकारी धुर्व खत्रीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस