८ मंसिर, सल्यान
सल्यानको शारदा नगरपालिका वडा नम्बर ८ ले मदिरा तथा सूर्ती जन्य पदार्थ विक्रि वितरणमा रोक लगाएको छ ।
बिहिबार वडा अध्यक्ष लक्ष्मण बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले वडा सदस्य,शिक्षक, व्यापारीको उपस्थितिमा वडा कार्यालय, स्वास्थ्य चौकी, त्रि.ज.मा.वि.को १०० मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिण सिमाना सम्म मदिरा तथा सूर्ती जन्य पदार्थ विक्रि वितरण तथा सेवन गर्न नमिल्ने निर्णय गरेको छ । साथै वडाले ३० दिन भित्र मदिरा तथा सूर्तीजन्य पदार्थ नस्ट गर्न आव्हान गरेको छ । ३० दिन पछि कुनै पनि पसलले मदिरा तथा सूर्तीजन्य पदार्थ विक्रि वितरण नगर्न अनुरोध समेत गरेको छ ।
बालबालिकालाई कुलत बाट टाढा राख्नको लागि मदिरा तथा सूर्ती जन्य पदार्थ विक्रि वितरणमा रोक लगाइएको वडा अध्यक्ष लक्ष्मण बुढाथोकीले दियो अनलाइनलाई जानकारी दिनुभयो ।