८ मंगसीर २०८०/ सल्यान
सल्यानमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
जिल्लाको शारदा नगरपालिका वडानं.६ भट्टाचौर नजिक राप्ती राजमार्गमा भएको बस दुर्घटनामा परि गाडी सहचालक सहित ६ जना यात्रु घाइते भएका हुन् ।
दाङको तुलसीपुर देखि सल्यानको दार्माकोट तर्फ जादै गरेको ना ४ ख ३९९६ नम्बरको बस सडक बाट चिप्लिएर भित्तामा ठोकिदा सोही बसका सहचालक कुमाख गाउँपालिका वडानं.७ जिमाली निवासी २५ बर्षिया लालबहादुर शाही गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शुक्रवार दिउँसो करिब २:४५ बजे भएको उक्त दुर्घटनामा परि बागचौर नगरपालिका वडा नं.२ बस्ने बर्ष १० का सुशान्त केसी,सोही ठाउँकि बर्ष ५५ की सावित्रा वली,बर्ष ७८ की झुपा केसी घाइते भएका छन् ।यस्तै दाङ बबई गाउँपालिका वडा नं. ७ निवासी बर्ष ३८ का कुशल डाँगी र बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका निवासी ५० बर्षिया डिला खड्का घाइते भएको प्रहरीले जनाएको छ ।
गाडीका सहचालक लालबहादुर शाही बाहेक अन्य पाँच जना यात्रु लाई सामान्य चोट लागेको र घाइतेहरुको उपचार श्रीनगरमा रहेको शारदा मेट्रो हस्पिटलमा भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रशाद धमलाले बताउनु भयो ।
दुर्घटना पश्चात् गाडी चालकलाई इलाका प्रहरी कार्यालय श्रीनगरले नियन्त्रणमा लिएको र दुर्घटनाको कारण पत्ता लगाउन प्रहरी अनुसन्धानमा लागि सकेको सूचना अधिकारी धमलाले बताउनु भयो ।