८ मंसीर २०८०/ सल्यान
लागु औषध विरुद्धको लाल्टिन अभियान सल्यान प्रहरीले सुरु गरेको छ ।
सल्यानमा लागू औषधको अवस्था भयावहपुर्ण नभएपनी,कुलतमामा फस्नेको संख्या वृद्धि हुन सक्ने सम्भावना लाई ख्याल राखेर लागु औषध विरुद्धको( लाल्टिन )अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नवीन कार्कीले बताउनु भएको छ ।
बिहिवार लाल्टिन अभियानको सुरुवात गर्दै प्रहरी प्रमुख कार्कीले,हाल सम्मको अवस्था लाई हेर्दा जिल्ला प्रहरी कार्यालय सल्यानमा लागू औषध दुर्व्यशनको मुद्दा न्युन मात्रामा दर्ता हुँदै आएको बताउनु भयो ।उहाँले जिल्लामा सुरुगरिएको लाल्टिन अभिनय लाई परिणाममुखि गराउन आफुहरु लागेको बताउनु भयो ।
अभियानमा लागू औषध उत्पादन बिक्री वितरण र सेवन विरुद्ध प्रहरी परिचालन गरी कानुनी दायरामा ल्याउने र लागू औषधले प्रभाव पारेका क्षेत्र समुदाय वा बर्ग पहिचान गरि नियन्त्रण गरिने र
अभियानलाई स्थानीय तहको साझेदारीमा वडा तहसम्म बिस्तार गरिने प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताउनु भएको छ ।
जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा जिल्ला लाल्टिन समन्वय डेक्स रहनेछ भने त्यसलाइ,पालिका प्रमुख वा प्रमुख नभएको खण्डमामा पालिका उपप्रमुखको संयोजकत्वमा पालिका देखि वडा स्तर सम्म गठन गरिने छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानमा भएको उक्त कार्यक्रममा,प्रहरी ,जनप्रतिनिधि,शिक्षक,पत्रकार लगाएत सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो ।