सल्यानको शारदा नगरपालिका वडा नम्बर १२ मा वडा अध्यक्ष कप सुरु

७ मंसिर, सल्यान

सल्यानको शारदा नगरपालिका वडा नम्बर १२ मा वडा अध्यक्ष कप सुरु भएको छ ।
वडा अध्यक्ष कपको विहिबार नगरपालिकाका उप प्रमुख सुस्मिता सापकोटा सुनारले उद्घाटन गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि उप प्रमुख सुस्मिता सापकोटा सुनारले प्रतियोगिता सफलताको शुभकामना दिनुका साथै खेल क्षेत्रको पवद्र्धन र प्रतिभा पहिचानका लागि यस्ता किसिमका कार्यक्रमले टेवा पुर्र्याउने बताउनु भयो ।
वडा अध्यक्ष सुरेन्द्र बुढाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल, वडा नम्बर ४ का वडा अध्यक्ष किशोर कुमार हमाल, वडा नम्बर १३ का वडा अध्यक्ष जंग बहादुर बुढा, वडा नम्बर १२ का पूर्व वडा अध्यक्ष दिपक हमाल, नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख संगिता बुढा, कार्यपालिका सदस्य भगवती बोहरा लगायत वडाका अन्य जनप्रतिनिधि,विभिन्न राजनैतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, विभिन्न आमा समूह, विद्यालयका प्रतिनिधि, विद्यार्थी, खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।
मंंसिर ९ सम्म संचालन हुने वडा अध्यक्ष कप अन्तर्गत फुटबल, भलिबल, डोरी तान्ने, घैटो फोर, कुर्सी दौड र भाले छोप्ने प्रतियोगिता राखिएको छ ।

प्रतिक्रिया दिनुहोस