सल्यानमा मृत भेटिएकी महिला हरि कुमारी खड्का भएको पुष्टि

०४ मङ्सिर २०८०/ सल्यान

सल्यानमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ ।

जिल्लाको शारदा नगरपालिका वडानं.१ छापडाडाको जंगलमा सोमबार मृत अवस्थामा भेटिएकी महिला छत्रेश्वरी गाउँपालिका वडानं.७ सांकोटकी हरि कुमारी खड्का भयको प्रहरीले जनाएको छ।गत कार्तिक २७ गते शिद्वकुमाख गाउँपालिका वडा नं.१ पटारेबजार बाट हराएकी ५० बर्षिया हरि कुमारी खड्का सोमबार मृत अवस्थामा भेटिएको र खड्काको मृत्युको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताउनु भएको छ ।

सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिदै गरिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख कार्कीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस