२ मङसीर २०८०/ सल्यान
सल्यानको एक युवा क्लबले भुकम्प पीडित लाई राहत बितरण गरेको छ ।
जिल्लाको बागचौर नगरपालिका वडानं.९ कुयपानीमा रहेको स्टार युवा क्लबले,दार्मा गाउँपालिकाका भुकम्प पीडित लाई राहत स्वरुप भिभिन्न सामाग्री सहयोग गरेको हो
शुभ दिपावलीको अवसरमा क्लवले संचालन गरेको एकदिने भैलो कार्यक्रम बाट जम्मा भएको रकमको ५० प्रतिशत रकम भुकम्प पीडित लाई सहयोग गरेको क्लबका सल्लाहकार संयोजक धनेन्द्र विमल वलीले बताउनु भएको छ ।उहाँले आफ्नो क्लब यस अघि पनि विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहदै आएको बताउनु भयो ।
भैलो बाट संकलित रकम मध्यको ११ हजार १ सय ७६ रुपैयाँ बराबरको बिभिन्न सामाग्री दार्मा गाउँपालिकालाई हस्तान्तरण गरिएको क्लबका सल्लाहकार प्रभाकर वलीले बताउनु भयो ।
भुकम्प पीडित लाई बितरण गर्नको लागी,४० थान कम्मल,१५ थान म्याट,२० थान थाली र २० थान प्लास्टिक जग गाउँपालिका लाई हस्तान्तरण गरिएको सल्लाहकार वलीले बताउनु भयो ।
सहयोग सामाग्री बुझ्दै दार्मा गाउँपालिकाका जिन्सी शाखा प्रमुख मोहन बुढाथोकीले क्लवले गरेको स्मरणीय कार्यको लागि धन्यवाद दिनु भएको थियो उहाँले दार्मा गाउँपालिका भित्रका भुकम्प पीडित लाई विभिन्न माध्यम बाट सहयोग गर्नेहरुलाई धन्यवादका साथ कृतज्ञता ग्यापन गर्नु भएको हो ।
