१ मंसिर सल्यान
सल्यानको शारदा नगरपालिका १ पटनेरीका क्यान्सर र मृगौला पिडितलाई २ वटा देउसी भैलो समूहले तिहारमा संकलन गरेको रकम सहयोग गरेका छन ।
स्थानीय युवा समूहले देउसी भैलो खेलेर संकलन गरेको ३२ हजार ९० रुपैया क्यान्सर पिडित रुपा बुढाथोकीलाई हस्तान्तरण गरिएको समूहका सदस्य तथा स्थानीय युवा सन्देश राईले दियो अनलाइनलाई जानकारी दिनुभयो ।
त्यस्तै पटनेरी सामुदायिक साँस्कृतिक भैली समूहले २ जना क्यान्सर पिडित र एक जना मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
पटनेरी निवासी क्यान्सर पिडित रुपा बुढाथोकीलाई २५ हजार, क्यान्सर पिडित रिठ्ठा बहादुर खत्रीलाई १५ हजार र मृगौला पिडित नबराज बोहरालाई ५ हजार रुपैया हस्तान्तरण गरिएको समूहका सदस्य एवं स्थानीय युवा न्युटन श्रेष्ठले बताउनु भयो ।
गत वर्ष पनि यी दुवै भैली समूहले तिहारमा संकलित रकम मृगौला पिडित नवराज बुढाथोकीलाई सहयोग गरेका थिए ।