२२ कार्तिक २०८०/ सल्यान
छत्रेश्वरी गाउँपालिका वडा नं.५ को वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।
बुधबार कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले खेलप्रति रुचि बढाउन र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न वडा अध्यक्ष कपले योगदान पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत बुढाथोकीले खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र सम्मृद्धिको आधारशिला तयार पार्ने हुँदा आफुहरुले खेलकुद विकास समिती नै गठन गरेर खेल गतिविधिहरुलाइ व्यवस्थित गर्दै लैजाने कार्यको सुरुवात गरिसकेको बताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले पालिकाको प्रतिष्ठा बढाउने गरि अनुशासित र मर्यादित भै खेल क्षेत्रमा निरन्तर अघि बढ्न प्रतियोगिहरुलाइ आग्रह गर्नु भएको छ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ सुरु भयको कार्यक्रममा छ्त्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, छत्रेश्वरी २ का वडा अध्यक्ष प्रेम नेपाली, शारदा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सुरेन्द्र बुढा, १३ नं वडा अध्यक्ष जङ्ग बुढा लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना सहित खेल कृयाकलाप संगै खेलकुद पुर्वाधार विकासमा पनि उत्तिकै महत्व दिनुपर्ने धारणा राख्नु भयको थियो ।
बिहिवार सम्म संचालन हुने उक्त कार्यक्रममा विभिन्न विधाका खेल प्रतियोगिता सहित सल्यानको छत्रेश्वरी गाउँपालिका-५ मा वडा अध्यक्ष कप सुरु भएको हो । छत्रेश्वरी- ५ गरिपारेमा तेश्रो वडा
उद्घाटन कार्यक्रममा विभिन्न समुहबाट स्थानीय मौलिक कला संस्कृति र हस्तकला प्रदर्शन गरिएको थियो ।
विहिबार सम्म संचालन हुने वडा अध्यक्ष कपमा वडा भित्रको १६ वटा समूहको भलिवल प्रतियोगीता र १२ वटा आमा समुहको डोरी तान्ने प्रतियोगितामा प्रतिस्पर्धा हुने वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार महिला तथा पुरुषको १०० मिटर, २०० मिटर, ४०० मिटर दौड , लङ्गजम्प , महिलाको रिले दौड, कुर्सी दौड लगायतका खेलमा पनि प्रतिस्पर्धा हुनेछ ।
वडा अध्यक्ष कपमा कार्यपालिका सदस्य, वडाका जनप्रतिनिधि, राजनिति दल , कर्मचारी , बिधालय परिवार, संघ संस्था , पत्रकार , सुरक्षाकर्मि, खेलाडी तथा खेलप्रेमिहरुको उल्लेख्य सहभागिता थियो ।