२१कार्तिक २०८०/ सल्यान
सल्यानको बागचौर नगरपालिका वडा नं.२ लस्तम खरिवोट घर भएका सञ्चारकर्मी प्रशिद्व डाँगी तिहार नजिकिदै गर्दा फुल विक्री गर्न व्यस्त देखिनु भएको छ ।
पौरख गरे नेपालमै पनि आर्थिक पक्षलाई बलियो बनाउन सकिन्छ भन्ने उधेश्यले दाङमा १० कठ्ठा जग्गामा आफुहरुले सयपत्री फुलखेती गर्दै आएको प्रशिद्व डाँगीले बताउनु भएको छ। हिन्दु धर्मावलम्बीहरुको दोस्रो महानचाड शुभ दिपावली नजिकिदै गर्दा डाँगीको बगैचामा फुलेको सयपत्री तथा मखमली फुलले छुट्टै रौनक बढाएको छ। बिगत केही बर्ष देखी सयपत्री फुलको खेती आफुहरुले गरिरहेको र यो सिजनमा १० कठ्ठा जमिनमा क्रम ५ सय ५५ जातका ४ हजार बोटहरुमा सयपत्री फुलाएको युवा उधमी प्रशिद्व डाँगीले बताउनु भयो । उहाँले आफू र दाङकै एक युवा उधमि शान्तिनगर ६ सुण्डबरीका इजन केसीको सहकार्यमा फुल खेती भैरहेको बताउनु भयो । डाँगीले आफ्नो बगैंचामा फुलेको फुल देशका विभिन्न ठाउँमा जाने गरेको बताउनु भयो ।डाँगीका अनुसार आवश्यक पुष्प दाङको तुलसीपुर,घोराही,काठमाण्डौ, झापा,विराटनगर,नेपालगन्ज,धनगढि,पोखरा लगायतका क्षेत्रमा जाने गरेको बताउँनु भयो ।
पुष्प खेती राम्रो आम्दानीको स्रोत बन्दै गएको र राज्यले आफुहरुले गरेको कामको प्रचार प्रसार,उचित बजार ब्यबस्थापन तथा उचित मुल्य निर्धारण गरीदिय पुष्प खेती कर्ता खुसीहुने बताउनु भएको छ।