२० कार्तिक २०८०/ सल्यान
शुक्रवार गएको भुकम्पका कारण सल्यानमा ५ सय २६ घरमा क्षति पुगेको छ ।
गत शुक्रवार जाजरकाेट लाई केन्द्र बिन्दु बनाएर गएको भुकम्पको कारण सल्यानका केही स्थानीय तहका घरहरूमा क्षति पुगेको छ ।
उक्त भुकम्प बाट सल्यानमा ९५ वटा घर पुर्ण रुपमा भत्किएका छन् भने २सय ५६ आंशिक र १सय ७२ घरमा सामान्य क्षती पुगेको जिल्ला प्रशासन कार्यालय सल्यानले जानकारी दिएको छ।
जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार सबै भन्दा बढी दार्मा गाउँपालिकामा ३सय ९८ घरमा क्षती पुगेको छ । दार्मामा मात्रै ९३ वटा घर पर्ण रुपमा भत्किएका छन् भने २सय ३६ आंशिक र ६८ घरमा सामान्य क्षती पुगेको छ ।
दार्मा गाउँपालिकामा अहिले सयौं घरपरिवार घरबाहिर खुला आकाशमा रात काट्न बाध्य भएका छन् । आधारभूत आवास र खाद्यान्नको अभावमा पीडादायी अबस्था रहेकाे दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताउनु भयको छ ।