सल्यानका स्थानीय तहहरुले भुकम्प पीडितलाई २० लाख राहत पठाउदै

१९ कार्तिक २०८०/सल्यान

सल्यानका स्थानीय तहहरुले जाजरकोट र रुकुमका भुकम्प पीडित लाई २० लाख रकम सहयोग गर्ने भएका छन् ।

आइतबार जिल्ला विपद् व्यवस्थापन समिति,सल्यानको बैठकले उक्त निर्णय गरेको हो ।जिल्ला समन्वय समिति सल्यानका प्रमुख सहित सल्यान जिल्लाका स्थानीय तहहरुका प्रमुख, प्रतिनिधीहरुको संयुक्त बैठक बसी जाजरकोट र रुकु पश्चिमका भुकम्प पिडितहरुलाई एकद्वार प्रणाली मार्फत सल्यान जिल्लाका १० वटा स्थानीय तहहरुले २ लाख का दरले २० लाख रकम पठाउने भएकाहुन ।

उक्त रकम सल्यान जिल्ला विपद व्यवस्थापन कोषमा जम्मा गर्ने र जम्मा भएको ६० प्रतिशत जाजरकोट र ४० प्रतिशत रुकुम पश्चिममा सम्बन्धीत जिल्लाको विपद व्यवस्थापन कोषमा जम्मा गरी भुकम्प प्रभावित (पिडित) को राहत, उद्धार, पुनस्र्थापनाका लागि पठाउने निर्णय भएको बताइएको छ ।

यस्तै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यहि कार्तिक १७ गते राती जाजरकोट लाई केन्द्र बनाई गएको भुकम्पका कारण सल्यानमा क्षतिग्रस्त भएका भौतिक संरचनाहरुको तथ्यांक संकलन गरिएको बताएको छ।हाल सम्म जिल्लामा २५ वटा घर पूर्ण रुपमा क्षति भएका,८८ वटा घर आंशिक क्षति भएको र ९४ सामान्य क्षति भएका छन् ।

जिल्लामा तथ्यांक संकलनको कार्यलाई निरन्तरता दिने एवम् जिल्लाका भुकम्प पिडितहरुलाई विपद पिडित उद्धार तथा राहत वितरण सम्बन्धी मापदण्ड, २०७७ बमोजिम राहत वितरण गर्ने, क्षतिग्रस्त संरचनाहरुको स्थानीय तहबाट समेत यथार्थ विवरण संकलन गरी आआफ्नो क्षेत्रबाट समेत राहत वितरण कार्य गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस