१८ कार्तिक २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितहरुको अवस्था बुझ्न जाजरकोट पुग्नु भएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेट जाादा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले पुर्याएको मानवीय तथा भौतिक क्षतिको अवस्था बिझ्न, प्रधानमन्त्री दाहाल आज बिहान नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरबाट जाजरकोट पुग्नु भएको प्रधानमन्त्रीका स्वकीय सचीव रमेश मल्लले जानकारी दिनु भयो ।
प्रधानमन्त्री दाहाललाई प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले समग्र जिल्लाको अवस्थाबारे जानकारी गराउनु भएको र त्यसपछि प्रधानमन्त्री प्रचण्ड स्थलगत अनुगमनमा निस्किनु भएको स्वकीय सचिव मल्लले बताउनु भयो ।
भूकम्पमा परी हाल सम्म जाजरकोटमा ९२ जना र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।