बिमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

१७ कार्तिक २०८०/ सल्यान
सल्यानमा बाली तथा पशुपंक्षी बिमा सम्बन्धि सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यन्वन एकाई सल्यानको आयोजनामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले किसानहरुले उत्पादन गरेको बाली र पशु पंक्षिको बिमा गर्न आवश्यक रहेको बताउनु भएको छ ।उहाँले किसानले उत्पादन गरेको बालिनालि क्षति भएको खण्डमा बिमाले राहत गर्ने बताउनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रावलले नियमित बिमा गर्न सरोकारवाला लाई आग्रह गर्नु भयो ।
यस्तै कार्यक्रमको बारेमा सहभागीहरुलाई प्रशिक्षण गर्दै बिमा प्राधिकरण कर्णाली प्रदेशका प्रमुख पदम प्रशाद सोडारले निर्जीव बिमा पनि आजको आवश्यकता भएको बताउनु भयको छ।कार्यक्रमका अतिथि समेत रहनु भएका सोडारले कृषि तथा पशुपन्छी बिमामा अनुदान सम्बन्धि व्यवस्था,क्षतिको सूचना दिनु पर्ने व्यवस्था लगाएतका बिषयमा प्रशिक्षण दिनु भएको थियो ।उहाँले बिमा गरेका किसानको सहजताको लागि,कृषि बिमा गर्ने प्रक्रिया,कृषि बिमा दावी प्रक्रिया,कृषि बिमामा बिमितले भोगेका समस्या ,बारे जानकारी दिनु भएको थियो । कार्यक्रममा बोल्दै कृषि बिकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेशम कुमार बस्नेतले सहभागीहरुलाई सिकेका कुरा फिल्डमा लागू गर्न अनुरोध गर्नु भयो ।उहाँले बाली बिमाका लागि आफुहरु संघ सहकार्य गर्न सवैलाई अनुरोध गर्नु भयो ।
कार्यक्रमका सभा अध्यक्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाई सल्यानका कार्यालय प्रमुख श्रीकृष्ण न्यौपानेले,वास्तविक किसानहरुलाई मध्यनजर गरेर बिमा कार्यक्रम लाई निरन्तरता दिनु प्रमुख आवश्यकता भएको बताउनु भयो ।उहाँले बिमा गर्दाका फाइदाहरु समेत सहभागीहरु माझ प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न स्थानिय तहमा कार्यरत पशु प्राविधिक,कृषि प्राविधिक लगाएत कृषक समुहका अध्यक्ष सदस्य लगाएत सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस