नेकपा माओवादी केन्द्र सल्यानले गर्‍यो पत्रकार सम्मेलन

१७ कार्तिक २०८०/ सल्यान

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सल्यानले पत्रकार सम्मेल गरेको छ ।

पार्टीले संचालन गरेको तीन महिने रुपान्तरण अभियान अन्तर्गत बिगतको समिक्षा र आगामी दिनमा गर्ने कामको बिषयमा शुक्रबार पत्रकार सम्मेलन सम्पन्न भएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नरेश भण्डारीले रुपान्तरण अभियान तिव्रताका साथ बढेको बताउनु भएको छ ।उहाँले अभियानले पार्टीका नेता कार्यकर्तामा नयाँ जोस जागर भरेको र समाज परिवर्तनको लागि आफुहरुले विभिन्न सृजनशिल कार्यहरू गर्दै आएको बताउनु भयो । बिहिवार भएको समिक्षा वैठकमा भएका निर्णयहरुलाई सार्वजनिक गर्दै नेता भण्डारीले सल्यानको माओवादी लाई उर्जाशिल बनाउन आफू लागि पर्ने बताउनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रमेश मल्लले पार्टीले संचालन गरेको अभियानले माओवादी लाई एकता हुन जोड दिने बताउनु भयो ।उहाँले जिल्लाको शिक्षा, स्वास्थ्य तथा पुर्वाधार निर्माणका विषयमा पत्रकारले सोधेको प्रश्न तथा जिज्ञाशाला सम्बोधन गर्दै सल्यान क्याम्पसलाई आंगिक बनाउने कुरामा निरन्तर लागिरहेको बताउनु भएको छ।
प्रधानमन्त्रीका सचिवालय सदस्य समेत रहनु भएका रमेश मल्लले मध्यपश्चिम विश्वविद्यालयको सभाले निर्णय गरेर पठाइसकेको र विश्वविद्यालय अनुदान आयोगले पनि निर्णय सहित शिक्षा मन्त्रालयमा पठाइसकेको बताउदै अव चाँडै अर्थमन्त्रालयले स्वीकृत गराएर पठाउने बताए बताउनु भयो ।

जिल्लाका विभिन्न सन्चारमाध्यमा कार्यरत पत्रकारहरुको सहभागिता रहेको उक्त पत्रकार सम्मेलनको सहजीकरण नेकपा माओवादी केन्द्र सल्यानका संयोजक कृति बहादुर पुनले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस