१६ कार्तिक २०८०/सल्यान
सल्यानको शारदा नगरपालिकाले प्लाष्टिक फूलमालाको बिक्रिमा प्रतिवन्ध लगाएको छ ।
तिहार पर्व नजिकिदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको बिक्रिमा सहजताका लागि पालिकाले प्लाष्टिकका फूलमालामा प्रतिबन्ध लगाएको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै ‘नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचना अनुसार प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्रिवितरण वा भण्डारण नगर्न अनुरोध गरेको छ ।
यसअघि नगर भित्र हुने हरेक कार्यक्रममा प्लास्टिकका भन्दा स्थानीय स्तरमा उत्पादन गरिएका फूलका मालालाई बिशेश जोड दिदै आउनुभएका नगर प्रमुख प्रकाश भण्डारीको यसपटकको निर्णयलाई आफुहरुले सकारात्मक रुपमा लिएको स्थानीयको भनाइ छ।