कपुरकोट गाउँपालिकामा दर्जन बढी नाच प्रर्दसनी

१५ कार्तिक २०८०/सल्यान

सल्यानको कपुरकोट गाउँपालिकाले विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ।

मंगलबार कालिका माध्यामिक बिधालय कपुरकोटमा भएका विभिन्न प्रतियोगितात्मक कार्यक्रममा गाउँपालिका भित्रका दर्जन बढी नाचहरु प्रस्तुत गरिएको हो ।

कपुरकोट गाउँपालिका स्तरीय मौलिक एकल लोक गायन,नृत्य तथा वक्तीत्वकला प्रतियोगिता र सोरठी,पैसेरी नाच प्रदर्सनी गरिएको गाउँपालिकाले जनाएको छ ।


हराउँदै जान थालेका मौलिक लोक कलालाई जगेर्ना गर्ने उधेश्यले आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले लोप हुन लागेका कलाहरुको संरक्षणका लागि गाउँपालिकाले आगामी दिनहरूमा सिपमुलक तालिम तथा बाजागाजाको व्यवस्थापन गर्ने बताउनु भएको छ ।उहाँले विभिन्न साँस्कृतिक बिधा कपुरकोट गाउँपालिकाको सम्पत्ति भएकाले यस्लाई जोगाउनु आफुहरुको प्रमुख कर्तव्य रहेको बताउनु भयो ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकिय अधिकृत भरत वली, वडा अध्यक्षहरु, पत्रकार लगायत स्थानीयहरुको सहभागीता रहेको थियोे ।

विभिन्न नाचहरुको मुल्यांकन वरिष्ठ बाध्यवादक तथा गायक खर्क बहादुर बुढाले गर्नु भएको थियो भने, परापुर्व कालदेखि नै चलिआएका नाचहरुको ताल भुल्न नहुने उहाँले बताउनु भयो ।

कार्यक्रममा विभिन्न स्थान ल्याउने व्यक्ति तथा समुहहरुलाई प्रमाणपत्रका साथ पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस