२ कार्तिक २०८०/ सल्यान
त्रिशक्ति युवा क्लब बागचौर नगरपालिका वडा नं.३ थाराचौरको आयोजनामा वडा स्तरीय खुल्ला खेलखुद प्रतियोगिता सुरु गरिएको छ ।
बिहीवार कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशका भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले देशको समृद्धिका लागि प्रत्येक नागरिक श्रमसंग जोडिन आवश्यक रहेको बताउनु भएको छ ।आफु मन्त्री बने पछि किसानको जिवन स्तरलाई परिवर्तन गर्नको लागि भिभिन्न खाले कामहरु गरिरहेको बताउनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शर्माले प्रविधि युक्त कृषी पेशाले मानिसको जीवन स्तरमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।उहाँले आफू मन्त्री हुँदा जनताको चाहाना अनुसार काम गर्ने बताउनु भयो ।उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाकी उपप्रमुख सुम्निमा डिसी ( वली) ले बागचौर नगरपालिकाको बिकासमा आफुहरु लागि परेको बताउनु भयो । सवै पार्टीको सरकारमा सहभागीता रहेकाले जनताले सोचे जति काम गर्न नसके पनि,नितिबिधी र पद्धति अनुसार काम गर्दै आइरहेको बताउनु भयो ।कार्यक्रमकी विशिष्ट अतिथि समेत रहेकी वलीले खेलाडीलाई अनुशासन पुर्व खेलकुद सम्पन्न गर्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा नेकपा एमालेका कर्णाली प्रदेस कमिटि सदस्य घनश्याम शर्मा,एकीकृत समाजबादी नगर कमिटी सचिब डम्बर भण्डारी ,नेकपा माओबादी केन्द्रका जिल्ला समन्वय समिती सदस्य टिकाराम के.सि , बागचौर नगर कार्यपालिका सदस्य ढाका कुमारी वलि डि.सि, एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय कार्यलय सदस्य टेक बहादुर डि.सि लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।यस्तै नेपाल उधोग व्यापार महासंघका केन्द्रिय सदस्य उदय डि.सि.भलिबलको राष्ट्रिय रेफ्री दोर्ण प्रकाश चन्द ,नौलो शान्ती सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष पुस्पा कुमारी डि.सि ,मावि बनेचौरका बिब्यस सदस्य भद्र बहादुर डि.सि,जय शान्ती आबि थाराचौरका प्रधानाध्यापक वीर बहादुर डि.सिकोको उपस्थिति रहेको थियो ।
तीन दिन सम्म संचालन हुने उक्त कार्यक्रममा वडा स्तरीय भलिबल प्रतियोगिता,व्याटमिन्टन प्रतियोगिता,लोकदोहरी प्रतियोगिता,हाजिरीजवाफ प्रतियोगिता संचालन गरिने छ ।उद्घाटन कार्यक्रममा विभिन्न आमासमुहका प्रस्तुति लगाएत पौराणिक नाचहरु प्रस्तुत गरिएको थियो ।त्रिशक्ति युबा क्लबका अध्यक्ष ठाकुर डाँगीको अध्यक्षतामा भएको उक्त उद्घाटन कार्यक्रमको संचालन कार्यक्रमका संयोजक तथा कल्बका प्रमुख सल्लाहकार खिमराज डि.सि ले गर्नु भयको थियो।