सिर्जनशील सप्ताहको अवसरमा सल्यानमा विभिन्न प्रतियोगिता संचालन

२४ असोज २०८०/ सल्यान
सल्यानमा नवप्रवर्तन,बैज्ञानिक खोज,अन्वेषण र आविष्कार प्रतियोगिता तथा प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्रको जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत सिर्जनशील सप्ताहको अवसरमा बुधबार उक्त कार्यक्रम श्रीनगरमा आयोजना गरिएको हो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति सल्यानको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र सल्यानका इन्चार्ज नरेश भण्डारीले प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको बताउनु भएको छ ।उहाँले अहिलेको युग प्रविधिमय भएकाले अझ यस्लाई व्यवस्थित बनाउनको लागि खोज अनुसन्धानमा चासो राख्ने बिद्यार्थीको निरंतर अभ्यासले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भएको छ ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भण्डारीले देशले परम्परागत शिक्षा पद्धतिलाई समयानुकूल परिवर्तन र परिमार्जन गरी रोजगारमूलक, श्रम र सीपयुक्त, स्वरोजगारी सिर्जना गर्ने तथा व्यवस्थापनमूलक शिक्षा नीतितर्फ राज्यले जोड दिनु पर्ने बताउनु भयो । सरकार बदलिरहन सक्ने तर देश बदल्नका लागि वर्तमान शिक्षा पर्याप्त नभएकाले कुशल व्यवस्थापनयुक्त, विश्वपरिवेश सुहाउँदो शिक्षाको आवश्यकता रहेको बताउनु भयो । पार्टीका केन्द्रिय सदस्य तथा सरकारका पुर्व मन्त्री समेत रहेका भण्डारीले माओवादी पार्टी अब सवै क्षेत्रका मानिस संग परिवर्तनको खाका सहित सिपकला लिएर जाने बताउनु भएको छ ।उहाँले उक्त कार्यक्रम प्रती लक्षित गर्दै यस्ता प्रदर्शनी तथा प्रयोगात्मक अभ्यासले विद्यार्थी र मुलुकमा विज्ञानको विकास र विस्तारप्रति गम्भीर ध्यानाकर्षण गर्ने, नेपालले अब विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने प्रकारका शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य कृर्तिबहादुर पुन ( प्रकाण्ड) ले सल्यान जिल्लाका बिद्यार्थीमा पनि केही गर्न सक्ने क्षमता रहेको र उक्त क्षमतालाई अझै बिकास गर्न सरोकारवाला निकायले चासो देखाउनु पर्ने बताउनु भयो ।बिज्ञान प्रविधिको क्षेत्रमा समेत सल्यानका सानासाना भाइवहिनीहरुले देखाएको लगापले आफुलाई समेत उत्साह जागेको बताउनु भयो ।माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहनु भएका पुनले माओवादी रुपान्तरण अभियानले सवै क्षेत्र सम्म आफुहरुलाई पुर्याएको र अब उक्त क्षेत्रको बिकासको लागि आफ्नो पार्टी निरन्तर लागि पर्ने बताउनु भएको छ । यस्तै कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य गणेश प्रशाद सिंहले हामी नेपाली बिज्ञान र प्रविधिको क्षेत्रमा खोज अनुसन्धान गरेर समाज परिवर्तनको अभियानमा लाग्न जरुरी रहेको बताउनु भयो ।पुर्वमन्त्री समेत रहनुभएका सिंहले आफ्नो पार्टीले अब समाज परिवर्तन सहितका योजनाहरुलाई प्राथमिकता दिने बताउनु भयो । कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य टेकबहादुर डिसीले माओवादी केन्द्रको रुपान्तरण अभियानले कलिला बालबालिकामा लुकेर रहेका विभिन्न प्रतिभा क्षमता लाई बाहिर ल्याउने अवसर दिएको बताउनु भयो ।उहाँले बिद्यार्थीको क्षमता अभिवृद्धि गर्न सरकारले पनि चासो दिनु पर्नेमा जोड दिनु भयो ।
प्रतियोगिता तथा प्रदर्शनीमा चार विद्यालयका १५ वटा प्रस्तुती रहेका थिए । प्रतियोगितामा शिवजन माध्यमिक विद्यालय शितलपाटी प्रथम, निराजन माध्यमिक विद्यालय ढोरचौर द्धितिय, जनता माध्यमिक विद्यालय काभ्रा तृतिय र सरस्वती माध्यमिक विद्यालय शिवरथ सान्त्वना भएको एकीकृत अखिल नेपाल शिक्षक संगठन बागचौर नगर अध्यक्ष नरेश कुमार केसीले बताउनु भयो । कार्यक्रममा विभिन्न स्थान हासिल गर्ने बिधालयका बिद्यार्थी लाई प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो भने एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति सल्यानका अध्यक्ष हिरालाल नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण समन्वय समिति सचीव रविकिरण ओलीले गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस