भद्रकाली मन्दिरको सरसफाइमा नेपाली सेना

२३ असोज २०८०/ सल्यान

सल्यानको भद्रकाली मन्दिरको सरसफाइ नेपाली सेनाले गरेको छ ।

बडा दशै तथा शुभदिपावली २०८० को उपलक्ष्यमा जिल्लाको शारदा नगरपालिका वडा नं.३ बडाखोलामा रहेको भद्रकाली मन्दीर परिसरमामा नेपाली सेनाको अगुवाइमा सरसफाइ गरिएको हो ।

मंगलवार श्री सिद्विवक्स गण सिमखर्क व्यारेक बाट उपसेनानी सुदर्शन ढुंगानाको कमान्डमा नेपाली सेना,शारदा नगरपालिका वडा नं.३ का वडा अध्यक्ष तुलसा भण्डारी लगाएत अन्य जनप्रतिनिधि,मन्दिर व्यवस्थापन समिति र स्थानीय वासीको सहभागीतामा उक्त मन्दीर परिसर र मन्दीर जाने बाटो सरसफाइ गरिएको बताइएको छ ।

नेपाली सेना जनताको सुख दुख र आपत विपतको साथी भएका कारण सधै जनताको काममा तल्लीन रहने उपसेनानी सुदर्शन ढुंगानाले बताउँनु भएको छ ।उहाँले आफ्नो टिम सल्यानमा रहदा जिल्ला बासीको हितका लागि काम गर्ने बताउनु भएको छ । शान्ति सुरक्षा र जनताको जिउ धन रक्षा गर्नु नेपाली सेनाको पहिलो कर्तव्य भएको समेत ढुंगानाको भनाइ रहेको छ ।

उक्त सरसफाइ कार्यक्रममा नेपाली सेना,जनप्रतिनिधि,स्थानीय वासिन्दा गरि करिव ९० जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस