माओवादी रुपान्तरण अभियान अन्तर्गत वक्तित्वकला प्रतियोगिता सम्पन्न

२३ असोज २०८०/ सल्यान
शिद्व कुमाख गाउँपालिकामा कृषि क्रान्तिमा किसानहरुको भुमिका बिषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
जनजनमा माओवादी,घरघरमा माओवादी,जनतासंग माओवादी विशेष रुपान्तरण अभियान,सृजनशिल सप्ताह अन्तर्गत अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी केन्द्र ) जिल्ला समन्वय समिति सल्यानको आयोजना उक्त प्रतियोगिता सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कृति बहादुर पुन ( प्रकाण्ड)ले दस बर्षिय जनयुद्धको उपलब्धि लाई संस्थागत गर्न माओवादी रुपान्तरण अभियानले सकारात्मक भुमिका खेल्ने बताउनु भयो ।उहाँले माओवादीको अगुवाइमा ल्याइएको व्यवस्थाले आज नेपाली जनताले आफ्ना हक अधिकारका लागि जस्तो सुकै परिस्थितिमा पनि बुलन्द आवज उठाउन सक्ने सहज वातावरण भएको बताउनु भयो । पार्टीका जिल्ला संयोजक तथा शिद्वकुमाख गाउँपालिकाका इन्चार्ज समेत रहेका पुनले,समृद्ध राष्ट्र निर्माणमा बिद्यार्थीको महत्त्वपूर्ण भुमिका रहने भएकाले बिद्यार्थीहरुले पनि राष्ट्र निर्माणको लागि सोच्नु पर्ने समय आएको बताउनु भयो ।उहाँले नेपाल जस्तो सवै क्षेत्रको सम्भावना बोकेको देश लाई छोडेर बिदेशी भुमिमा श्रम गर्ने युवा शक्तिलाई देशमै केही गर्न सक्ने बाताबरण निर्माण गर्न आवश्यकता रहेको बताउनु भयो ।कार्यक्रममा पुनले बक्तित्वकला प्रतियोगितामा विभिन्न स्थान ल्याउन सफल बिद्यार्थीहरुलाई शैक्षिक प्रगतिको कामना सहित बधाई दिनु भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी) का केन्द्रिय सदस्य कलिराम वली,पार्टीका शिद्वकुमाख गाउँपालिका वडा नं.२ का अध्यक्ष मेक बहादुर बुढाथोकी लगाएतले रुपान्तरण अभियानको समसामयिक बिषयमा मन्तव्य राख्नु भएको थियो । गाउँपालिका स्तरीय बक्तित्वकला प्रतियोगितामा निराजन माध्यमिक बिधालय ढोरचौरकी यमुना बुढाथोकी प्रथम, हिमालय आधारभुत बिधालय शिद्वकुमाख ५ माझखर्कका लिलबहादुर बुढाथोकी दोस्रो,नेपाल राष्ट्रिय माध्यामिक बिधालय शिद्वकुमाख ५ बडाकाडाकि सुनिता वोहरा तेस्रो र देउराली माध्यामिक बिधालय शिद्वकुमाख २ कुयझोलका असोक चलाउने सान्तोना भएको निर्णायक मण्डल संयोजक गोविन्द चलाउनेले बताउनु भएको छ ।
उत्कृष्ट बिद्यार्थीहरुलाई नगद पुरस्कार प्रमाणपत्रले सम्मान गरिएको थियो । अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष डिल बहादुर बोहरा (विहानी )को अध्यक्ष,जिल्ला सदस्य सेतिराम विटालुको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा पार्टीका नेता, शिक्षक,बिद्यार्थी लगाएत सर्वसाधारणको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण राजेन्द्र परियारले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस